+

निब्स बास्केटबल शुक्रबारदेखि

२०८२ जेठ  २९ गते १७:०५ २०८२ जेठ २९ गते १७:०५
निब्स बास्केटबल शुक्रबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेसनल आइडियल बोर्डिङ स्कुलले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आयोजना गर्नेछ।
  • प्रतियोगितामा २४ ब्वाइज र १२ गल्र्स टिम सहभागी हुनेछन्, विजेताले १० हजार र उपविजेताले ७ हजार पुरस्कार पाउनेछन्।
  • खेलहरू मण्डिखाटारस्थित कोर्टमा दुई दिन सञ्चालन हुनेछ र करिब २ लाख रुपैयाँ खर्च हुनेछ।

२९ जेठ, काठमाडौं ।  नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजमा २४ तथा गल्र्समा १२ टिमको सहभागिता रहने निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले जानकारी दिइन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने निब्सका इसीए इन्चार्ज अमृत लामिछानेले बताए ।

खेल लिग कम नकआउट आधारमा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

निब्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय