News Summary
Generated by OK AI. Editorially reviewed.- कजाखस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्सको पुरस्कार वितरण काठमाडौँस्थित होटल उड ल्याण्डमा सम्पन्न भएको छ।
- नेपाल बुद्धिचाल महासङ्घले सञ्चालन गरेको टालेण्ट हण्ट चेस प्रतिस्पर्धामा ५४४ युवा खेलाडीले सहभागिता जनाएका थिए।
- प्रतियोगितामा ११२ विजेतालाई कुल रु. ३ लाख ९ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ।
२१ भदौ, काठमाडौं। कजाखस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपको पुरस्कार वितरण कार्यक्रम काठमाडौँ स्थित होटल उड ल्याण्डमा सम्पन्न भएको छ।
नेपाल बुद्धिचाल महासङ्घले सञ्चालन गरेको टालेण्ट हण्ट चेस प्रतिस्पर्धामा नेपालका ५४४ युवा खेलाडीहरुले उत्साह जनक सहभागिता जनाएका थिए ।
अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रम अघि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नेपालका राष्ट्रिय खेल संघहरु मध्ये नेपाल बुद्धिचाल महासंघको गतिविधि उच्च रहेको धारणा व्यक्त गरेका छन्।
प्रमुख अतिथि टंकलाल घिसिङले कुनै पनि खेलका खेलाडीहरुलाई अन्तर्राष्ट्रिय पदक प्राप्त गरे पश्चात सरकारले घोषणा गरेका नगद पुरस्कार सम्मानको कार्यविधि लागु भइसकेको हुँदा अभिभावकलाई समेत धुक्क भई खेलकुदमा लगाउन आह्वान गरेका छन्।
आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेपालका उच्च रेटेड सीएम पुरुषोत्तम सिलवाल उत्कृष्ट खेलाडी घोषित भएका छन्।
पुरुषोत्तम सिलवाल युवा १८ वर्ष मुनिको खुल्ला विधामा प्रथम स्थान प्राप्त गर्दै नगद रु. १० हजार पुरस्कार हात पारेका छन्। यसै विधामा समिर भट्ट द्वितीय बन्दै नगद रु. ७ हजार र विशेष शाहि तृतीय स्थानमा रहँदै नगद रु. ४ हजार जितेका छन्।
कूल १५ विधामा दशौं स्थान सम्म प्राप्त गरेका विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रममा पुरुष १६ वर्ष मुनि प्रतिक सुवेदी प्रथम, एआईएम अविक शाह द्वितीय र रोचिन डोंगल तृतीय भएका छन्।
पुरुष युवा १४ वर्ष मुनि कशिभ कार्की प्रथम, अर्पन चापागाईं द्वितीय र आयुष भण्डारी तृतीय भए। युवा १२ वर्ष मुनि अग्रिम शैंजु प्रथम, समृद्ध श्रेष्ठ द्वितीय र हार्दिक पन्तले तृतीय पुरस्कार जितेका छन्।
पुरुष युवा १० वर्ष मुनि आरभ लाल श्रेष्ठ प्रथम, साहस श्रेष्ठ द्वितीय र हृदय बस्नेत तृतीय भए भने युवा ८ वर्ष मुनि शुभांग प्रधान प्रथम, अंकुर पोखरेल द्वितीय र श्रृयष सापकोटा तृतीय बन्दै क्रमशः नगद १० हजार, ७ हजार र ४ हजार प्राप्त गरे।
यसैगरी छात्रा तर्फ युवा १६ मुनि पुर्णिमा गुरुङ प्रथम, प्रेसियस अधिकारी द्वितीय र प्रज्ञा पन्त तृतीय बनीन्। छात्रा युवा १४ तर्फ श्रेषा दुवाल प्रथम, नेलिशा ओझा द्वितीय र गौतम विनायक तृतीय भईन्।
छात्रा युवा १२ वर्ष मुनि उज्जिवनि कँडेल प्रथम, निहान श्रेष्ठ द्वितीय र प्रविशा दवाडी तृतीय भईन्। छात्रा युवा १० वर्ष मुनि अग्रता आचार्य प्रथम, ग्लोसि श्रेष्ठ र झरना मगर तृतीय तथा युवा ८ वर्ष मुनि शुभश्री श्रेष्ठ प्रथम, सारा तामाङ द्वितीय र अधिरा पौडेल तृतीय बनेका छन्।
प्रतियोगितामा जम्मा ११२ जना विजेता खेलाडीहरुलाई कूल नगद पुरस्कार रु. ३ लाख ९ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ।
प्रतिक्रिया 4