News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते खेलाडीले दक्षिण कोरियाको बुसानमा भएको अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन्।
- निर्णायक महेश महर्जनले अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको जनाएका छन्।
- आशिष धामी र जमानसिंह गुरुङले कांस्य पदक जितेका छन् र चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
२९ असार, काठमाडौं । नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।
दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् ।
आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् ।
प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया 4