+

कानुन दिवसको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

२०८२ वैशाख  १५ गते १५:४१ २०८२ वैशाख १५ गते १५:४१
कानुन दिवसको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

१५ वैशाख, काठमाडौं । कानून दिवस २०८२ को अवसरमा सर्वोच्च अदालतमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको संयुक्त आयोजनामा उपत्यकाव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ।

प्रतियोगिता न्यायाधीश, न्याय सेवामा कार्यरत कर्मचारी (न्याय, कानून र सरकारी वकिल समूह) तथा कानून व्यवसायीहरूका लागि खुला रहनेछ। प्रतियोगितामा सहभागी हुनका लागि चार हजार रुपैयाँ दस्तुर तोकिएको छ। रजिस्ट्रेशनको अन्तिम मिति वैशाख १७ गते साँझ ५:०० बजेभित्र तोकिएको छ।

प्रतियोगिता वैशाख १८ गते बिहान ७:०० बजे उद्घाटन खेलसहित सुरु हुने छ भने खेल हुने स्थान भने पछि तय गरिने बताइएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्ने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय र तृतीय पुरस्कार क्रमशः नगद २० हजार रुपैयाँ र १५ हजार रुपैयाँ छ ।

खुला ब्याडमिन्टन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय