News Summary
Generated by OK AI. Editorially reviewed.- कराते खेलाडी दिवस श्रेष्ठले अस्ट्रेलियाको सिड्नीमा भएको एनएसडब्लु कपमा स्वर्ण पदक जिते।
- उहाँले पुरुष सिनियर १८ वर्षमाथि उमेरसमूहको ७५ केजीमाथि एलिटसमूहमा प्रतिस्पर्धा गर्नुभएको थियो।
- दिवसले फाइनलमा अस्ट्रेलियाका खेलाडीलाई ५–२ ले पराजित गरी स्वर्ण पदक प्राप्त गर्नुभयो।
३१ जेठ, काठमाडौं । कराते खेलाडी दिवस श्रेष्ठले एनएसडब्लु कपमा स्वर्ण जितेका छन् ।
अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर १८ वर्षमाथि उमेरसमूहको ७५ केजीमाथि एलिटसमूहमा स्वर्ण जितेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता दिवसले फाइनलमा अस्ट्रेलियाका खेलाडीलाई ५–२ ले पराजित गरी स्वर्ण जिते ।
दिवस हाल अस्ट्रेलियामै बस्छन् ।
प्रतिक्रिया 4