News Summary
Generated by OK AI. Editorially reviewed.- एलिसा थापा र चर्चिता श्रेष्ठ इंग्ल्याण्डको सन्डरल्यान्डमा \'ग्रासरुट टु ग्लोबल फोरम\' मा सहभागी हुन जानेछन्।
- फोरम अगस्ट १७ देखि २२ सम्म हुनेछ र महिला नेतृत्व विकास, चुनौती र अवसरहरूबारे छलफल गरिनेछ।
- एलिसा थापाले २०१७ देखि २०२४ सम्म राष्ट्रिय टिमको कप्तानी गरिन् र अहिले महिला रग्बी विकास समितिकी अध्यक्षको रूपमा काम गरिरहेकी छिन्।
२९ साउन, काठमाडौं । विश्व महिला रग्बी प्रतियोगिता २०२५ को सन्दर्भमा ‘ग्रासरुट टु ग्लोबल फोरम’ प्रतियोगितामा सहभागी हुन नेपालबाट नेपाली राष्ट्रिय महिला टिमकी पुर्व कप्तान तथा नेपाल रग्बी महिला विकास प्रमुख एलिसा थापा र महिला रग्बी खेलाडी चर्चिता श्रेष्ठ इंग्ल्याण्ड जाँदैछन्।
कार्यक्रम इंग्ल्याण्डको सन्डरल्यान्डमा अगस्ट १७ देखि २२ सम्म आयाेजना हुने छ। ६ दिन सम्म चल्ने उक्त फोरममा सहभागीको रजिस्ट्रेसन देखि विभिन्न चरणमा विभिन्न ग्रुपमा छुट्याइ खेल सङै महिला नेतृत्व विकासमा आइ परेका समस्या, चुनौती र अवसरहरुको बारेमा छलफल र आ- आफ्नो देशको भावी योजनाको प्रस्तुति दिनेछन्।
ग्रासरुट खेलाडीबाट राष्ट्रिय टिम कप्तान र अहिले महिला रग्बी विकासकी नेतृसम्म, एलिसाको यात्रा नेपालमा रग्बी खेलको उन्नतिका लागि उनको दशकभन्दा बढीको समर्पणलाई प्रतिबिम्बित गर्छ।
२०१७ देखि २०२४ सम्म नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय महिला टिमको कप्तानी गरेकी एलिसाले अहिले महिला विकास समितिकी अध्यक्ष तथा एशिया रग्बीको खेलकुद र वातावरण समितिकी सदस्यको रूपमा महिला खेलाडीहरूबीच सहभागिता र नेतृत्वलाई प्रवर्द्धन गर्ने प्रयासको नेतृत्व गरिरहेकी छन्।
दूरदराजका क्षेत्रदेखि राष्ट्रिय मञ्चसम्म काम गर्दै, एलिसा रग्बीमा किशोरी र महिलाहरूका लागि केवल खेल्ने मात्र होइन, नेतृत्व गर्ने मार्ग निर्माणमा केन्द्रित छिन्।
ग्रासरुट टु ग्लोबल फोरम जस्ता पहलमार्फत, उनी नेपालमा महिला रग्बीलाई सबैका लागि समावेशी, दिगो र सशक्त बनाउन सहयोग गरिरहेकी छिन।
यस कार्यक्रममा सहभागी हुन पाउँदा आफू खुसी रहेको र आगामी दिनमा महिला रग्बी विकासको निमित्त अझ धेरै उत्तरदायी बनी निरन्तर अगाडि बढ्ने हौसला मिल्ने विश्वास रहेकाे उनले बताइन्।
प्रतिक्रिया 4