+

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

२०८२ साउन  १२ गते २०:१० २०८२ साउन १२ गते २०:१०
मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनर

१२ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले मार्भल टेक्नोप्लास्ट प्रा.लि.लाई आफ्नो एक्सिलेन्स पार्टनर बनाएको छ।

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सान्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा योगदान दिन पाउँदा गर्व लागेको बताए।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले कम्पनीले अघिल्लो सिजनदेखि नै नेपाली क्रिकेटमा लगानी गर्दै आएको र यसपटक पनि निरन्तरता दिएको बताए।

आगामी दिनमा अझ प्रभावकारी साथ र सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय