+

थ्री बाइ थ्री बास्केटबल : भ्याली पब्लिक र केभीकेएसएस क्वाटरफाइनलमा

२०८२ असार  ९ गते २०:३१ २०८२ असार ९ गते २०:३१
थ्री बाइ थ्री बास्केटबल : भ्याली पब्लिक र केभीकेएसएस क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भ्याली पब्लिक र केभीकेएसएस एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश भएको छ।
  • गर्ल्समा भ्याली पब्लिकले वारियर्स, बलर्स, मनास्लु, त्रिज्योति र जेबी स्कुललाई जित्यो भने ब्वाइजमा विभिन्न टिमले प्रिक्वाटरफाइनल यात्रा तय गरे।
  • प्रतियोगिताको विजेताले नगद पुरस्कार र छात्रवृत्ति प्राप्त गर्नेछन्, प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।

९ असार, काठमाडौं । भ्याली पब्लिक र केभीकेएसएस एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भ्याली पब्लिकले वारियर्सलाई १५–११ र बलर्सलाई १७–११ ले पराजित गर्‍यो । केभीकेएसएसले मनास्लुलाई ९–७, त्रिज्योतिलाई ११–५ र जेबी स्कुललाई १३–८ ले हरायो ।

गर्ल्समै वारियर्स, एनसीसीएस ‘ए’ र ‘बी’, एस्ट्रो बलस, ल्यान्डमार्क र त्रिज्योति पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।

ब्वाइजमा भ्याली पब्लिक, मनास्लु ‘ए’ र ‘बी’, एनपी लायन्स ‘ए’, जेबी स्कुल, लाखे, ब्राइट फ्युचर, जीबीसीए ‘ए’ र ‘बी’, स्किब्स ‘ए’ र ‘बी’, बीएमके, हिमशीला, जीएलसी, एलएनए र तेजस्वीले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १८ टिम सहभागी छन् । दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगदसहित प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि पाउने छन् ।

विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय