News Summary
Generated by OK AI. Editorially reviewed.- नासा नेपाल अन्तर्गतको ई–स्पोर्ट्स र ड्रोन कमिसनले काठमाडौंका कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु गरेको छ।
- कार्यक्रमले युवाहरुलाई प्रविधिसँग जोड्ने र सुरक्षित, प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ आकर्षित गर्ने उद्देश्य राख्दछ।
- नेपालमा पहिलो पटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको हो र आगामी प्रतियोगिताहरूको योजना बनाइरहेको छ।
२५ जेठ, काठमाडौं । नासा नेपाल अन्तर्गतको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले काठमाडौं उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु गरेको छ। यो कार्यक्रम थापाथली क्याम्पसबाट सुरु गरिएको हो।
कार्यक्रमको उद्देश्य युवाहरुलाई प्रविधिसँग जोड्ने र सुरक्षित तथा प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ आकर्षित गर्नु हो।
ट्रेनिङमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी जानकारी, रेसिङ्ग विधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे जानकारी दिइएको छ।
कार्यक्रममा नासा नेपालका सचिव अंकित भण्डारी, आशिष रौनियार, ड्रोन हब नेपालका निर्देशक प्रवीण भट्टराई र शास्वत रिजालले प्रस्तुति दिएका थिए।
ड्रोन प्रविधि अहिले युवाहरू माझ निकै लोकप्रिय बन्दै गएको छ। नेपालमै पहिलोपटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको हो र नासा नेपालले यसलाई आफ्नै विधानमा समेटेको छ।
ड्रोन हब नेपाल नासा नेपालको कर्पोरेट पार्टनरका रूपमा काम गरिरहेको छ। नजिकिँदै गरेको नेशनल ड्रोन रेसिङ्ग च्याम्पियनसिपको तयारीसँगै देशभर सिम रेसिङ्ग र ड्रोन प्रतियोगिता सुरु गर्ने योजना पनि बनाइएको छ।
प्रतिक्रिया 4