+

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

२०८२ जेठ  २८ गते १९:३७ २०८२ जेठ २८ गते १९:३७
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिएम पुरुषोत्तम सिलवालले श्रीलंकामा भएको द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिपमा रजत पदक जिते।
  • उनले भारतका आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गर्दै अन्तिम चरणमा सफलता प्राप्त गरे।
  • स्पर्धामा नेपाल, भारत, बङ्गलादेश लगायत ९ राष्ट्रका ५९ खेलाडी सहभागी थिए।

२८ जेठ, काठमाडौं । श्रीलंकामा सम्पन्न द वेस्टर्न एसियन जुनियर चेस च्याम्पियनसिप अन्तर्गत द्रुत गतिको ब्लिट्ज चेस खेलमा नेपालका युवा खेलाडी सिएम पुरुषोत्तम सिलवालले रजत पदक जितेका छन्।

आठौं वरियताका २१३० रेटेड सिएम पुरुषोत्तमले स्पर्धाको अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका हुन् ।

विश्व बुद्धिचाल महासङ्घ तथा एसियन चेस फेडरेसनको तत्वावधानमा श्रीलंका चेस फेडरेसनले ४ जुनदेखि १२ जुनसम्म आयोजना गरेको च्याम्पियनसिपमा आयोजक राष्ट्र श्रीलंकासहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्बेकिस्तान गरी ९ राष्ट्र का ५९ जना खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतिस्पर्धामा उज्बेकिस्तानका २१२० रेटेड एफएम अबु खाकिमोभ अकबरलिले ६ अंक प्रोग्रेसिभ २५.५ प्वाइन्ट जोडेर स्वर्ण पदक जितेका छन्।

पुरुषोत्तमले प्रतिस्पर्धामा बंगलादेशका २१४२ रेटेड आइएम मनून रेजानीर सँग एक खेल गुमाउँदा अन्य ६ खेलमा उत्कृष्ट जित हासिल गर्दै सात चरणको खेलमा समान ६ अंक २४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर रजत पदक जित्न सफल भए।

यसैगरी पुरुषोत्तमसँग पराजित भएकका भारतीय आइएम मायांक चक्रवर्ती कास्य पदकमा सीमित रहन पुगे।

यसअघि अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत सिंगापुरमा सम्पन्न फिडेको आधिकारिक प्रतियोगितामा रुपेश जैशवालले रापिडतर्फ रजक र ब्लिट्जमा कास्य पदक जितेका थिए भने कृष्ण थापाले नेपालमा भएको एशियन एमेच्योर च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेका थिए।

सिएम पुरुषोत्तम सिलवाल विहिवार देखि नेपालमा सञ्चालन हुने नेशनल युथ च्याम्पियनसिपमा सहभागिता जनाउन एसियन जुनियर रापिड च्याम्पियनसिप छोडेर आज स्वदेश फर्किएका छन्।

सिलवाललाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

पुरुषोत्तम सिलवाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय