News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसी इन्फर्मेटिक्स कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
- करण केसीले भने, 'खेलमा जस्तै शिक्षा र करियरमा पनि निरन्तर अभ्यास र सही दिशानिर्देशन जरुरी हुन्छ।'
- इन्फर्मेटिक्सले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र लक्ष्यप्रति प्रतिबद्ध बनाउने उद्देश्यसहित साझेदारी गरेको छ।
१२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसी इन्फर्मेटिक्स कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। काठमाडौंमा आयोजित एक समारोहमा करणलाई एम्बासडर नियुक्त गरिएको घोषणा भएको हो।
दुई दशकदेखि शिक्षा परामर्श क्षेत्रमा क्रियाशील इन्फर्मेटिक्सले केसीको लोकप्रियता, अनुशासन र सकारात्मक छविले विद्यार्थी र अभिभावकबीच विश्वास बढाउने अपेक्षा राखेको छ।
कार्यक्रममा मन्तव्य दिँदै केसीले आफू यो अभियानसँग जोडिन पाउँदा गर्व लागेको बताए। ‘खेलमा जस्तै शिक्षा र करियरमा पनि निरन्तर अभ्यास र सही दिशानिर्देशन जरुरी हुन्छ’ उनले भने।
नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष दीपक गुरुङलगायत अतिथिहरूले पनि केसीलाई बधाई दिँदै इन्फर्मेटिक्सको पहललाई प्रशंसा गरे।
मुख्य अतिथि तथा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले खेल, शिक्षा र परामर्शलाई जोड्ने यस्तो प्रयासले क्षेत्रको विश्वसनीयता बढाउने विश्वास व्यक्त गरे।
कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले विद्यार्थीलाई सकारात्मक सोच, अनुशासन र लक्ष्यप्रति प्रतिबद्ध बनाउने उद्देश्यसहित यो साझेदारी गरिएको बताए।
कार्यक्रम अन्त्यमा जलपानसहित अतिथिहरूसँग अन्तरक्रिया सत्र पनि सम्पन्न भएको थियो। इन्फर्मेटिक्सले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया 4