News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर र युवा समूहको अन्तिम चरण सम्पन्न भयो।
- पेभिलियन चेस एकेडेमीका सैजुले यू-११ र यू-९ मा विजयी भए भने, निहाना श्रेष्ठ र अंशिका श्रेष्ठले महिला वर्गमा जित हासिल गरे।
- प्रतियोगिताका विजेतालाई नेपाल बुद्धिचाल महासंघका महासचिवले पुरस्कार वितरण गरे।
२४ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर युवा ९ र ११ वर्ष मुनि छात्र/छात्र समूहका अन्तिम चरणको खेल सम्पन्न भएका छन्।
शनिबार अन्नपूर्ण स्कुलको सभा हलमा सम्पन्न यू-११ छात्र तर्फ पेभिलियन चेस एकेडेमीका अग्रिम सैजुले सात चरणको खेलमा अपराजित रहँदै विजयी बनेका छन्।
प्रतियोगितामा अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्पसदनका हार्दिक पन्त समान ६ अंक प्राप्त गर्दै तेस्रो स्थान ओगट्न सफल भएका छन् ।
यस्तै युवा ११ वर्ष छात्रा तर्फ ६ चरणको खेलमा मार्भलस अङ्ग्रेजी बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले एकल ५.५ अंक प्राप्त गर्दै विजयी बनेकी छिन्।
स्पर्धामा इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्य दोस्रो, युरो स्कुलकी विप्सना केसी र समान ५ अंक जोडेर तेस्रो स्थान प्राप्त गरेकी छन्।
यसैगरी यु ९ छात्रतर्फ ६ चरणको खेलमा पेभिलियन चेस एकेडेमीका सुनभ ओझाले पूर्ण ६ अंक प्राप्त गर्दै विजय बनेका छन्।
प्रतिस्पर्धामा रातो बङ्गला स्कुलका सुभङ्ग प्रधान दोस्रो र पशुपति एकेडेमीका साइन्स कँडेल तेस्रो स्थानमा खेल पूरा गरेका छन्।
क्रमश: युवा ९ वर्ष मुनि छात्रा तर्फ दीपज्योति आवासीय माध्यमिक विद्यालयकी अंशिका श्रेष्ठ र मार्बलस स्कुलकी संगीता दासले समान ४ दशमलव ५ अङ्क जोडेर क्रमश पहिलो र दोस्रो स्थान ओगट्न सफल भएकी छिन्।
यसै समूहमा काठमाडौँ विद्यालयकी निगिता ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेकी छिन्।
यसैबीच विजयी खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले पुरस्कार वितरण गरेका छन्।
२०औं अन्नपूर्ण राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपका छात्र १३ छात्रा १३ र छात्र छात्रा १३ वर्ष माथिका खेलहरु भोलिदेखि सुरु हुनेछ।
प्रतिक्रिया 4