+

निसान र आरभ टेनिस प्रतियोगिताको फाइनलमा

२०८२ वैशाख  १८ गते १८:०८ २०८२ वैशाख १८ गते १८:०८
निसान र आरभ टेनिस प्रतियोगिताको फाइनलमा

१८ वैशाख, काठमाडौं । निसान श्रेष्ठ र आरभसम्राट हाडा ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा निसानले निहालजंग बहादुर थापालाई ६–३ र ६–२ तथा आरभले राजवीर प्रधानलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१ तथा स्वस्तिका विष्टले आइशा डोल्कर गुरुङलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–० र ६–० तथा सन्तोष खत्रीले भीष्मजंग गुरुङलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र र इलम दिक्षितको जोडीले भीष्मजंग गुरुङ र गगन महर्जनको जोडीलाई ६–४ र ६–२ तथा सन्तोष र छेवाङ लामाको जोडीले सिमान्त र नवीन श्रेष्ठको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङले उत्तम बोगटीलाई ६–३ र ६–१ तथा चन्द्र शाहीले मनोजविक्रम शाहलाई ६–३ र ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

४५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१ र ६–० तथा रोहित सुनुवारले मानबहादुर कटुवाललाई ६–२ र ६–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार गुरुङ र हिमाल शाहको जोडीले प्रेम थापा र रमेश रोक्काको जोडीलाई ६–१ र ६–३ तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले राम राणा र सागर विसीको जोडीलाई ७–६ र ६–१ ले हराउदै फाइनलमा पुगे ।

भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणाको जोडीले फाडर म्याथ्यु र प्रेम थापाको जोडीलाई ६–२ र ६–१ ले पराजित गरी फाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुवबहादुर गुरुङ पहिलो भए । उनले फाइनलमा भिक्टर राणालाई ६–२ र ६–३ ले पाखा लगाए ।

सिटिजन्स बैंक टेनिस प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय