+

राखेपका कर्मचारी तुलाधर र कार्कीको बिदाइ

२०८२ असार  ५ गते २२:१४ २०८२ असार ५ गते २२:१४
राखेपका कर्मचारी तुलाधर र कार्कीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५ दुई कर्मचारीलाई बिदाइ गरेको छ।
  • बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र लेखापाल इरा कार्कीलाई अनिवार्य अवकाश दिइएको हो।
  • सो अवसरमा विभिन्न कर्मचारी र अधिकारीहरूले उनीहरूलाई विदाई दिएका थिए।

५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई कर्मचारीलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) की लेखापाल इरा कार्कीलाई बिदाइ गरिएको हो ।

५८ वर्ष उमेरहदका कारण दुवैले असार २ गते अनिवार्य अवकाश पाएका हुन् । ओलम्पियन समेत रहेका तुलाधर २०५२ साल असोज ९ गते राखेपमा सेवा प्रवेश गरेका थिए । कार्कीले २०५३ साल असोज ४ गते सेवा सुरु गरेकी थिइन् ।

राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले दुवैलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा प्रशासन विभागका प्रमुख भोजानन्द राई, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कर्मचारी प्रशासन शाखाका प्रमुख सारंगीन निरौला, राखेप कर्मचारी संघका अध्यक्ष सरस्वती केसी भण्डारी र महासचिव कुमार बस्नेत, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

राखेप कर्मचारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय