News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप शुक्रबारदेखि सुरु भएको छ।
- यू-११ समूहमा २२ जना खेलाडीले समान दुई दुई अङ्क प्राप्त गरी संयुक्त शीर्ष स्थान हासिल गरे।
२३ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुल को संयुक्त आयोजनामा सञ्चालन भएको २०औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको पहिलो दिन दुई चरण का खेल सम्पन्न भएका छन्।
काठमाडौंस्थित अन्नपूर्ण स्कुलको सभा हलमा भइरहेको च्याम्पियनसिपमा यू-११ र यू-१३ लगायतका छात्र र छात्रा गरी २३५ खेलाडीको सहभागिता रह्यो।
प्रतियोगितामा यू-११ समूहमा छात्र तर्फ २२ जना खेलाडीले समान २-२ अङ्क प्राप्त गर्दै संयुक्त शीर्ष स्थान हासिल गर्न सफल भएका छन्।
स्पर्धामा बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुलका हृदय बस्नेतले दुवै खेलमा विजय प्राप्त गर्दै अग्रस्थानमा रहन सफल भएका छन्। बस्नेतले ग्रीनल्यान्ड स्कुल र न्युटन स्कुलका खेलाडीलाई पराजित गरेका छन्।
यसैगरी यू-११ अन्तर्गत छात्रातर्फ इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्यले क्रिएटिभ एकेडेमी र अन्नपूर्ण सेकेन्डरी स्कुललाई पराजित गरेकी छिन्।
प्रतिस्पर्धाको यू-९ अन्तर्गत छात्रतर्फ अन्नपूर्ण सेकेन्डरी स्कुलका निशाम श्रेष्ठ र छात्रातर्फ पाठशाला नेपाल फाउन्डेसनका आरिस्नु पौडेलले शीर्ष स्थान ओगटेका छन् ।
निशाम श्रेष्ठले हिमालयन चेस एकेडेमी र सर्वज्ञ शिव बाबा स्कुल लाई हराएका छन् भने आरिसनु पौडेलले अन्नपूर्ण सेकेन्डरी स्कुल र ज्ञानोदय बालबाटिका माथि जित दर्ता गरेकी छिन्।
प्रतिक्रिया 4