News Summary
Generated by OK AI. Editorially reviewed.- भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बने।
- भ्याली पब्लिकले जुनियर ब्वाइज फाइनलमा न्युटनलाई ३५–३० ले पराजित गरी र सिनियर गल्र्समा ग्रिनल्यान्डलाई ३६–२० ले हरायो।
- आर्यन गुरुङ र लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए र साहिद पुन र बिहानी राई उत्कृष्ट स्कोरर भए।
४ जेठ, काठमाडौं । भ्याली पब्लिकले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित ग¥यो । भ्याली पब्लिकका आर्यन गुरुङले १२ स्कोर गरे । लालीगुराँस नेसनल एकेडेमी तेस्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडिन् । फेरिल्यान्ड तेस्रो भयो ।
जुनियर ब्वाइजमा रियान शेरचन र सिनियर गल्र्समा लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै भ्याली पब्लिकका हुन् । जुनियर ब्वाइजमा लालीगुराँसका साहिद पुन र सिनियर गल्र्समा फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा न्युटनका आशिष पुन र सिनियर गल्र्समा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर गल्र्समा क्यान्भास बसन्त ऋतु तथा सियिनर गल्र्समा केभीकेएसएस उदीयमान टिम ठहरिए ।
वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
प्रतिक्रिया 4