News Summary
Generated by OK AI. Editorially reviewed.- नखिपोट युथ क्लबले असोज ३ गतेदेखि तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले बताए।
- पहिलो हुने टोलीले १ लाख २५ हजार र उपविजेताले ६५ हजार नगद पुरस्कार पाउनेछन्।
२ भदौ, काठमाडौं । नखिपोट युथ क्लबको आयोजनामा तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता आउने असोज ३ गतेदेखि हुनेछ ।
प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए ।
पहिलो हुने टोलीले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीलाई १५ हजार नगद पुरस्कार दिइने छ । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख २९ हजार रुपैयाँ खर्च हुने क्लबका कोषाध्यक्ष सुजन राईले बताए । मुख्य प्रायोजकसंगै अन्य प्रायोजकको पनि खोजी भइरहेको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले बताए ।
दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा हुनेछ । क्लबले आकर्षक नगद पुरस्कार राशीको बास्केटबल र फुटबल पनि आयोजना गर्दै आइरहेको छ ।
युवाहरुमा फुटसल तथा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने, प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने, खेल मार्फत स्थानीय समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने, स्थानीय स्तरमा खेल पर्यटनको सम्भावना बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4