News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जेभियर पब्लिक स्कुलले दोस्रो काठमाडौं जेभियर पब्लिक 'थ्री बाइ थ्री' बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको छ।
- प्रतियोगितामा ६४ टिम सहभागी हुनेछन् र विजेताले ७ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन्।
- खेल नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित कोर्टमा हुनेछन् र फाइनल बिहीबार आयोजना गरिनेछ।
३० असार, काठमाडौं । काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोस्रो काठमाडौं जेभियर पब्लिक ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६४ टिमको सहभागिता रहने काठमाडौं जेभियरका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् ।
दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने काठमाडौं जेभियरका इसीए इन्चार्ज खड्ग केसीले जनाएका छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने काठमाडौं जेभियरका बास्केटबल प्रशिक्षक विकास बोटेले बताए । हाल जापानमा रहेका काठमाडौं जेभियरकै पूर्व विद्यार्थी सन्जिव मगरले पनि प्रायोजन गर्ने संस्थापक प्रिन्सिपल अधिकारीले बताए ।
प्रतियोगिताका खेलहरु नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजककै कोर्टमा खेलाइने छ । फाइनल बिहीबार हुनेछ ।
प्रतिक्रिया 4