+

नेपालको इन्ड्युरेन्स मोटरसाइक्लिङमा पहिलो पटक ‘आयरन बट च्यालेन्ज’ प्रयास

२०८२ कात्तिक  १४ गते १३:३४ २०८२ कात्तिक १४ गते १३:३४
नेपालको इन्ड्युरेन्स मोटरसाइक्लिङमा पहिलो पटक ‘आयरन बट च्यालेन्ज’ प्रयास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका बाइकर्स प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले पहिलोपटक आधिकारिक रूपमा विश्वकै कठिन इन्ड्युरेन्स राइड 'आयरन बट च्यालेन्ज - स्याडलसोर १०००' प्रयास गरेका छन्।
  • उनीहरूले २४ घण्टाभित्र १,००० माइल दूरी पूरा गर्ने चुनौतीमा कठिन भू–भाग र प्रतिकूल मौसमका कारण यात्रालाई अधूरो अवस्थामा रोक्नुपरेको छ।
  • यो प्रयासले नेपाललाई विश्व इन्ड्युरेन्स मोटरसाइकलिङ समुदायमा प्रवेश गराउने ऐतिहासिक सुरुवात भएको र आगामी यात्राको संकेत गरेको उनीहरूले बताए।

१४ कात्तिक, काठमाडौं । नेपालले आफ्नो मोटरसाइकलिङ इतिहासमा नयाँ अध्याय लेखेको छ । नेपाली बाइकर्सद्वय प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले पहिलोपटक आधिकारिक रूपमा विश्वकै कठिन इन्ड्युरेन्स राइडमध्ये एक, ‘आयरन बट च्यालेन्ज – स्याडलसोर १०००’ प्रयास गरेका छन् ।

यो यस्तो चुनौतीपूर्ण रेस हो जसमा २४ घण्टाभित्र १,००० माइल (१,६०९ किमी) दूरी पूरा गर्नुपर्छ । उनीहरुले दुईवटा सिएफमोटो मोटरसाइकल -सिएफमोटो ४५०एमटी र सिएफमोटो ४५०एनके बाट यो साहसिक प्रयास गरेका थिए ।

यो साहसिक प्रयासलाई नेपालको कठिन भौगोलिक भूभागमा विश्वप्रसिद्ध इन्ड्युरेन्स च्यालेन्ज ल्याउने पहिलो प्रयासको रुपमा लिइएको छ ।

श्रेष्ठ र प्रधानले नेपाललाई विश्व इन्ड्युरेन्स राइडिङका लागि सक्षम देखाउने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेका थिए । तर कठिन भू–भाग, अस्थिर मौसम र बिग्रँदै गएको सडक अवस्थाका कारण उनीहरूले अन्ततः यात्रालाई अधूरो अवस्थामा नै सुरक्षित रूपमा रोक्ने निर्णय गरे ।

दुई राइडरले अत्यन्तै सावधानीपूर्वक योजना बनाएर उच्च उत्साहका साथ आफ्नो यात्रा सुरु गरेपनि मौसम प्रतिकूल भएपछि सुरक्षा कारणले उनीहरुले यात्रालाई बीचमै रोक्नुपरेको हो ।

यो प्रयासले नेपाललाई विश्व इन्ड्युरेन्स राइडिङ समुदायमा प्रवेश गराउने ऐतिहासिक सुरुवातको संकेत गरेको दुई राइडरले बताए ।

यस पटक उनीहरुले यो लक्ष्य पूरा गर्न नसकेपनि यस प्रयास नै नेपाली मोटरसाइकलिङ इतिहासमा एक महत्वपूर्ण मोड बनेको छ । जसले नेपाललाई अन्तर्राष्ट्रिय इन्ड्युरेन्स मोटरसाइकलिङ समुदायमा प्रवेश गराएको छ ।

‘नेपालसँग इन्ड्युरेन्स र एडभेन्चर मोटरसाइकलिङका लागि आवश्यक भू–भाग, उत्साह र साहस सबै छ । हामी विश्वलाई यो देखाउन चाहन्छौं,’ प्रमोद श्रेष्ठले भने ।

त्यस्तै, स्वप्न प्रधानले यो प्रयास पूरा नभएपनि इन्ड्युरेन्स मोटरसाइकलिङमा ठूलो सुरुवात भएको बताए । ‘हामीले पार गरेका प्रत्येक किलोमिटरले नेपाली राइडरहरूको क्षमता प्रमाणित गर्‍यो । यो प्रयास अधुरो रह्यो, तर यो अझ ठूलो यात्राको सुरुवात हो ।’

इन्ड्युरेन्स र एडभेन्चरका लागि निर्माण गरिएको टुरिङ बाइक सिएफमोटो ४५० एमटीबाट नेपालका विविध भू–भागमा उत्कृष्ट स्थिरता, सहज सस्पेन्सन र आरामदायी राइडिङ अनुभवका कारण प्रभावशाली रहेको र सिएफमोटो ४५० एनके सिटी परफर्मेन्स बाइकको रूपमा चिनिने, लामो हाईवे यात्रामा पनि स्थिर, सहज र आरामदायी साबित भएको उनीहरुले बताए ।

श्रेष्ठ र प्रधानको यो प्रयासलाई सिएफमोटो नेपाल, लोकोमो नेपाल, लिक्वी मोली नेपाल र पेट्रोनास स्प्रिन्टा नेपालले सहयोग गरेका थिए ।

इन्ड्युरेन्स मोटरसाइक्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय