News Summary
Generated by OK AI. Editorially reviewed.- भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन्।
- प्रतियोगितामा २२१ जना खेलाडी सहभागी भएका थिए र ९ चरण स्विस लिग प्रणालीमा सम्पन्न भयो।
- महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन् र विभिन्न उमेर समूहमा पनि विजेताहरु घोषित भए।
१२ भदौ, काठमाडौं । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अंक पाए । यसै गरी ८ अंक भएका रुकुमका मिलन रोक्का दोस्रो भए ।
७.५ अंक भएका सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका सानु भाइ महर्जन पाँचौं भए । ७ अंक भएका भक्तपुरका राजेश कक्षपति, काठमाडौँका दीपक महर्जन, झापाका मिसन दाहाल, मकवानपुरका फूर्वा लामा र धादिङका सुवास कुमार गुरुङ दशौँ भए ।
उपाधि विजेताले ३० हजार, उपविजेताले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाए ।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन् । नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिसा पुरी तेस्रो भए । चितवनका सन्तोष गौतम बागमती प्रदेशका च्याम्पियन भए ।
लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए । कोसी प्रदेशमा प्रेम खड्का पहिलो भए । गण्डकीमा सुशील सुबेदी पहिलो भए । मधेसमा सचिन कुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूर पश्चिममा लेखराज भट्टराई पहिलो भए ।
भेट्रान ६० वर्ष माथिमा जर्नादन श्रेष्ठ पहिलो भए । ५५ वर्ष माथि भुवनेश्वर चौधरी पहिलो भए ।
उमेर समूहमा य्–१८मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी । यु–१० मा आयम सुबेदी पहिलो भए । यु–८ मा अङ्कुर पोखरेल पहिलो भए ।
१८०० रेटिङ मुनी राम कार्की पहिलो भए । १७०० मुनी कृश अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्श राज पहिलो हुन सफल भए ।
अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा सञ्चालित २ दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता थियो ।
प्रतियोगिताको मुख्य मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु नेतृत्वको टोलीले प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतिक्रिया 4