+

नेपाली टोली थाइल्यान्ड ओपन करातेमा सहभागी हुने

२०८२ असार  १० गते २१:०७ २०८२ असार १० गते २१:०७
नेपाली टोली थाइल्यान्ड ओपन करातेमा सहभागी हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टोली असार १३ देखि १५ गतेसम्मको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन असार १० गते काठमाडौंबाट प्रस्थान गर्नेछ।
  • टोलीमा १० खेलाडी, २ प्रशिक्षक र ५ निर्णायक रहेका छन्।
  • बूढानीलकण्ठ नगरपालिकाका उप मेयर अनिता लामा, वडा अध्यक्ष सुमन तामाङ र संघका सचिव प्रेमलाल बम्जनले टोलीलाई बिदाइ गरे।

१० असार, काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार थाइल्यान्ड जाने भएको छ ।

असार १३ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । २ प्रशिक्षक र ५ निर्णायक पनि टोलीसँगै थाइल्यान्ड जाँदै छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै बूढानीलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा, बूढानीलकण्ठ नगरपालिका वडा ८ का अध्यक्ष सुमन तामाङ, नेपाल सितोरियो कराते संघका सचिव प्रेमलाल बम्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

थाइल्यान्ड ओपन कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय