+

‘पारा खेलकुदलाई प्राथमितामा दिएका छौं’

२०८२ भदौ  ५ गते ११:२१ २०८२ भदौ ५ गते ११:२१
‘पारा खेलकुदलाई प्राथमितामा दिएका छौं’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बताएका छन् ।
  • अमेरिकाबाट आएका १२ जना प्रतिनिधि मण्डलसँग राखेपमा भएको भेटमा नेपालमा एडप्टिभ स्पोट्स प्रवद्र्धन र खेल आदान–प्रदानका सम्भावना बारे अन्तरक्रिया भएको थियो ।
  • कार्यक्रमका स्थानीय साझेदार बि.आई.ए. इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुङ्गानाले गत वर्ष नेपालबाट १२ जना पारा खेलकुदका अमेरिका गएको र यस वर्ष अमेरिकाबाट नेपालमा १२ जना आएको जानकारी दिएका छन् ।

५ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन् ।

अमेरिकाबाट ‘स्पोट्र्स डिप्लोमेसी-स्पोट्र्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा आएका १२ जना प्रतिनिधि मण्डलसंगको भेटमा सदस्य सचिव घिसिङले सो कुरा बताएका हुन् ।

त्यसअघि टोलीलाई सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक ओलम्पियन दीपक बिष्ट, राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ, सचिवालय प्रमुख फणिन्द्र पौड्यालले टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपालमा एडप्टिभ स्पोट्स प्रवद्र्धन र खेल आदान–प्रदानका सम्भावना बारे अन्तरक्रिया भएको थियो ।

कार्यक्रमका स्थानीय साझेदार तथा बि.आई.ए. इन्स्टिच्युटका कार्यकारी निर्देशक गोकर्ण ढुङ्गानाले आदान–प्रदान कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । ढुंगानाले  ‘स्पोट्र्स डिप्लोमेसी-स्पोट्र्स फर सोसल चेन्ज’ अन्तर्गत गत वर्ष नेपालबाट १२ जना पारा खेलकुदका अमेरिका गएको र यस वर्ष अमेरिकाबाट नेपालमा १२ जना आएको जानकारी दिए ।

नेपालको दश दिने भ्रमणमा हरँदा अमेरिकी टोलीले विभिन्न स्थानमा खेल खेल्ने, सरोकारवालाहरुसँग भेटघाट गर्ने उनले जानकारी दिए । उक्त टोलीले बिहीबार युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

पारा खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय