+

एक्टिभ, दीप ज्योति र जेबीलाई फुटसलको उपाधि

२०८२ साउन  १७ गते २२:३५ २०८२ साउन १७ गते २२:३५
एक्टिभ, दीप ज्योति र जेबीलाई फुटसलको उपाधि

१७ साउन, काठमाडौं । दोस्रो टोखा नगर प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र जेबी स्कुलले उपाधि जितेका छन् । सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गर्ल्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका हुन् ।

टोखा नगर प्याब्सनको आयोजनामा बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीपज्योतिले काठमाडौँ ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।

जुनियर ब्वाइजको फाइनलमा जेबी स्कुलले ग्रिनल्यान्डलाई २–० ले हराउन सफल भयो ।

विजेतालाई प्याब्सनका केन्द्रीय सहअध्यक्ष गोपाल आचार्य र उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौँ प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौँ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा र आयोजक टोखा नगर प्याब्सनका अध्यक्ष अरुणकुमार केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा २१, जुनियर ब्वाइजमा १४ र गल्र्समा ७ टोलीले प्रतिस्पर्धा गरेको टोखा नगर प्याब्सनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपेन्द्र थापाले जनाएका छन् ।

अन्तरविद्यालय फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय