News Summary
Generated by OK AI. Editorially reviewed.- पुष्प सदन स्कुलका हार्दिक पन्तले मदन स्मृति यू १५ चेसमा विद्यालयस्तरको राष्ट्रिय प्रतियोगिता जिते।
- प्रतियोगितामा ४० स्कूलका १०२ विद्यार्थी सहभागी भए र कूल १ लाख १० हजार नगद पुरस्कार वितरण भयो।
- बिजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र संघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कार दिए।
१४ असार, काठमाडौं । राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन्।
पन्तले आठौं चरण सम्मको खेलवाट ७ जित र १ बराबर खेल पस्केर ७.५ अंक सहित उपाधि हात पारेका हुन्। उनले आकर्षक ट्रफी, नगद पुरस्कार २५ हजार र स्वर्ण पदक पाए।
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा एशियन पब्लिक स्कुलका दिपेन मैनाली एकल ७ अंकसहित दोस्रो र बसुन्धरा नेशनल एकेडेमीका ६.५ अंक प्रोग्रेसिभ पोइन्टका आधारमा अविन पाण्डे तेस्रो स्थामा रहे।
प्राप्त परिणाम अनुसार दिपेनले नगद १५ हजार, रजत पदक र अविनले १० हजार नगद पुरस्कार, काश्य पदक लिए।
स्पर्धामा ६.५ अंक प्राप्त गरेर संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो, ६ अंक प्राप्त गर्दै नाइटिंगेल स्कुलका सुभनदिप थापा पाँचौ हुन सफल भए। उनीहरुले जनही नगद ५/५ हजार पाउन सफल भए।
त्यसैगरी प्रज्ञा कुञ्जका कसिभ कार्की, इन्टरनेशनल पब्लिक स्कूलका सार्थक पन्त, डिएभि स्कूलका हर्षबर्धन राठी, लिटल बुद्ध एकेडेमीका शुभम् जोशी र पाठशाला स्कुलका ओस्कर पन्थी क्रमशः छैटौदेखि दशौं स्थानमा रहेका छन्। उनीहरुले पनि जनही ३/३ हजार नगद पाए।
यू-९ खेल तर्फ लाबोरोटोरी स्कूलका छात्र अंकुर पोखरेल, इम्पेरियल स्कुलका छात्रा अग्रता आचार्य उत्कृष्ट भए भने यु – ११ मा मार्भलसका छात्रा निहाना श्रेष्ठ र माछापुच्छ्रे आइबीका छात्र तर्फ साहष श्रेष्ठ पहिलो हुन सफल भए।
त्यस्तै यू-१३ छात्र तर्फ मार्भलस स्कुलका बृज्नानन्द दास र छात्रामा उजिभनी कँडेल प्रथम भएका छन्।
यसबीच हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको सभा अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री मा. एकालाल श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकारले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे।
कूल नगद पुरस्कार १ लाख १० हजार प्रदान गरिएको दुई दिने प्रतियोगितामा ४० स्कूलमा १०२ जना विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया 4