News Summary
Generated by OK AI. Editorially reviewed.- रंगशाला नेपाल मिडिया प्रालीले लुम्बिनी प्रदेशका खेलाडी र खेलकर्मीको योगदान सम्मान गर्न मंसिर १८ गते पहिलो लुम्बिनी स्पोर्टस् अवार्ड आयोजना गर्ने जनाएको छ।
- अवार्डमा उत्कृष्ट पुरुष, महिला खेलाडी, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने र नगद तथा उपहार दिइने रंगशाला नेपाल मिडिया प्रालीका निर्देशक कमल खत्रीले बताए।
- अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको मनोबल बढाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न अभिप्रेरणा दिने आयोजकले विश्वास लिएको छ।
२४ असोज, नेपालगन्ज । रंगशाला नेपाल मिडिया प्रालीको आयोजनामा नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ ।
खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुने आयोजकले जनाएको छ ।
२०७३ साल जेठ १८ गते स्थापना भएको रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।
अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताइन् । ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं ।’
अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले जानकारी दिए । अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिनेछ ।
लुम्बिनी स्पोर्टस् अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, संघ,संस्था, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रंगशाला नेपाल मिडिया प्रालीका निर्देशक खत्रीले बताए ।
अवार्ड कार्यक्रमले लुम्बिनी प्रदेशका खेलाडीको हौसला बढाउँदैं उहाँहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सफलता हासिल गर्न अभिप्रेरणा प्रदान गर्ने आयोजकले विश्वास लिएको बताए ।
प्रतिक्रिया 4