+

अपराजित रहँदै राधिका पौडेलले जितिन् चेस प्रतियोगिताको उपाधि

२०८२ भदौ  १ गते १८:१० २०८२ भदौ १ गते १८:१०
अपराजित रहँदै राधिका पौडेलले जितिन् चेस प्रतियोगिताको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगितामा रिलायन्स इन्टरनेसनल स्कुलकी राधिका पौडेलले छात्रा सिनियर समूहको उपाधि जितिन्।
  • सिनियर छात्र समूहमा मोर्डन इन्डियन स्कुलका आशिष गुप्ताले ७ चरणको खेलबाट उपाधि जितेका छन्।
  • प्रतियोगितामा ८७ विद्यालयका १८७ विद्यार्थी सहभागी थिए र विजयीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुखले पुरस्कृत गरे।

१ भदौ, काठमाडौं । दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलकि राधिका पाैडेलले जितेकी छन् ।

काठमाडौं सामाखुसीस्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा सम्पन्न प्रतियोगितामा छात्रा सिनियर विद्यार्थी समूहतर्फ रिलायन्स स्कूलकी राधिका पौडेलले ६ चरणको खेलमा सबै प्रतिद्वन्दी हराउँदै उपाधि जितिन् ।

यसै समूहमा आयोजक नेपाल प्रहरी स्कूलकी मन्दिरा गिरी ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भइन् भने एभरेष्ट सेकेन्डरी स्कूलकी हर्षिका श्रेष्ठ समान अंकमा तेस्रो भइन् ।

यस्तै सिनियर छात्र विद्यार्थीतर्फ मोर्डन इन्डियन स्कुलका आशिष गुप्ताले ७ चरणको खेलबाट कुल ६.५ अंक प्राप्त गर्दै उपाधि जिते ।

यसै समूहमा माउण्टग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारीले ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो र बागमती कलेजका आर्जन खड्का ६ अंक नै जोडेर तेस्रो स्थानमा रहे ।

१५ मिनेट १० सेकेण्ड इन्क्रिजमेन्ट रापिड दुई दिने बुद्धिचाल प्रतियोगितामा जुनियर ब्वाइज विद्यार्थीतर्फ डाफोडिल पब्लिक स्कूलका डेवन्सराज श्रेष्ठले ६.५ अंक जोडेर प्रथम स्थान हासिल गरे ।

यसै समूहमा मार्भेलस इङ्लिस सेकेन्डरी स्कूलका बृजनन्दन दास ६ अंक जोड्दै दोसो र समान ६ अंक प्रोग्रेसिभमा माउण्ट ग्लोरि इन्टरनेसनल स्कुलका निश्चल रिमाल तेस्रो भए ।

छात्रा जुनियर विद्यार्थीतर्फ मार्भलस इङ्लिस बोर्डिङ स्कूलकी कृष्टि रिजालले कडा प्रतिस्पर्धामा समान ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा पहिलो स्थान हात पारेकी छिन्। उनीसँगै समान ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा लालीगुराँस सेकेन्डरी स्कुल गोदावरीकी कामना थापा मगर दोस्रो र निटेन मेमोरियल स्कुलकी परीक्षा बोलाखे तेसो बन्न सफल भएका छन् ।

यसै समूहमा प्रतिस्पर्धात्मक समान ४.५ अंक बनाएर बौद्ध चिल्ड्रेन हेभेन स्कुलका ल्होमु तामाङ, फ्युचर स्टार एकेडेमी लुभुमा ग्लोसी श्रेष्ठ र सेन्ट जेभियर्सका इज्जा लामा क्रमशः चौथो देखि छैठौ स्थान प्राप्त गरेका छन्।

कठिन समूह रहेको स्पर्धामा समान ४ अंक जोडेकी सरस्वती एकेडेमी स्कुलका श्रीया डंगोल, त्रियोग हाइस्कुलका श्रीयाश्री तुलाधर र त्रिपद्म हाई स्कूलका तृसारा लामा सातौं देखि नवौं तथा सेन्ट मेरिज सेकेण्डरी स्कूलकी आर्या कुसवाह ३.५ अंक जोडेर दशौं स्थान प्राप्त गरेकी छिन् ।

यसैबिच नेपाल प्रहरी विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार एनपिएल भएको चेसमा विजयी विद्यार्थी खेलाडीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक ओम बहादुर राना, काठमाडौँका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ तथा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरेका छन् ।

दोस्रो संस्करणको एनपिएस चेस प्रतियोगितामा ८७ विद्यालयका १८७ विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको थियो । आगामी वर्ष तेस्रो संस्करणको प्रतियोगिता निरन्तर हुने आयोजकले घोषणा गरेको छ ।

एनपिएस बुद्धिचाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय