+

क्यानद्वारा सञ्जय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन रोक

२०८२ भदौ  १ गते १५:४८ २०८२ भदौ १ गते १५:४८
क्यानद्वारा सञ्जय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन रोक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले लुम्बिनी प्रदेश क्रिकेट संघका निवर्तमान अध्यक्ष संजय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ।
  • क्यानको साउन १५ गतेको बैठकले गुरुङलाई अर्को निर्णय नभएसम्म क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको थियो।
  • उच्च अदालतले गुरुङको उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट निवेदन खारेज गरेको छ।

१ भदौ, बुटवल । नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी प्रदेश क्रिकेट संघका निवर्तमान अध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्राचार गर्दै क्यानले यस्तो निर्देशन दिएको हो ।

आइतबार क्यानले लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्षलाई सम्बोधन गरेर पत्राचार गर्दै गुरुङलाई अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन भनिएको छ । क्यानको साउन १५ गतेको बैठकले गुरुङलाई क्रिकेट गतिविधिमा संलग्न नगराउने निर्णय गरेको थियो । तर, बैठकको निर्णय आइतबार मात्रै प्रदेश क्रिकेट संघलाई जानकारी गराइएको हो ।

क्यानका महाप्रबन्धक उत्सव ढुङ्गान्नाले लुम्बिनी क्रिकेट संघलाई पठाएको जानकारीमा भनिएको छ, ‘लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघविरुद्ध मुद्दा दायर गर्नुका साथै संघका अध्यक्षविरुद्ध विभिन्न संचार माध्यमहरुमा नकारात्मक टिकाटिप्पणी एवं मिथ्या आरोप लगाएको सम्वन्धमा मिति २०८२ साउन १५ गतेको नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको बैठकबाट निजलाई अर्को निर्णय नभएसम्मको लागि अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधीहरुमा संलग्न नगराउने निर्णय भएको हुँदा निजलाई अम्पायरिङ लगायत कुनै पनि क्रिकेट गतिविधिहरुमा संलग्न नगराउनुहुन निर्देशानुसार अनुरोध गर्दछु ।’

क्यानले लुम्बिनीलाई पठाएको पत्रमा रुपन्देही जिल्ला क्रिकेट संघ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघलाई बोधार्थ दिइएको छ । गुरुङ रुपन्देही क्रिकेट संघका सचिव समेत हुन् । क्यानको यो निर्णयले गुरुङ रुपन्देही जिल्लाको सचिव पदबाट समेत अर्को निर्णय नहुँदासम्मका लागि निलम्बित भएका छन् । गुरुङ अन्तर्राष्ट्रिय अम्पायर समेत हुन् । क्यानले अर्को निर्णय नगर्दासम्म उनले अम्पायरिङ समेत गर्न पाउने छैनन् ।

२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान)मा पठाएका थिए । क्यानको निर्देशनअनुसार गत जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका थिए ।

पदमुक्त गर्ने साधारणसभाको निर्णय, क्यान लगायत ६ जनालाई प्रतिवादी बनाउँदै गुरुङले उत्प्रेषण परमादेश माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत जेठ २५ मा रिट निवेदन दर्ता गराएका थिए ।

साउन २१ गते उच्च अदालतका न्यायाशीधहरु जगतबहादुर थापा र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयक्त इजलासले गुरुङको पक्षमा उत्प्रेषण परमादेश दिन अस्वीकार गर्दै रिट निवेदन खारेज गरिदिएको थियो ।

यससँगै लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाले गुरुङलाई पदमुक्त गर्न गरेको निर्णय बैध ठहरिएको छ भने संघले अध्यक्ष चयनका लागि अर्को साधारण सभा बोलाउने बाटो समेत खुलेको छ ।

सञ्जय गुरुङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय