News Summary
Generated by OK AI. Editorially reviewed.- भुटानमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको आइतबार बिदाइ गरिएको छ।
- प्रतियोगिता अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुनेछ।
- नेपालले पहिलो खेल भारतविरुद्ध खेल्नेछ।
१ भदौ, काठमाडौं । भुटानमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरिएको हो ।
टोलीलाई एन्फा कार्यकारिणी सदस्य पुरूषोत्तम थापा र विकास नारायण श्रेष्ठ, उपमहासचिव बद्री भट्टराई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्राविधिक निर्देशक हरि खड्का सहित अन्य पदाधिकारीहरूले बिदाइ गरे।
अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले २० अगस्टमा भारतविरुद्ध खेल्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन्।
डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोली : झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल
नेपालको खेलतालिका
अगस्ट २० : नेपालविरुद्ध भारत
अगस्ट २२ : नेपालविरुद्ध भुटान
अगस्ट २४ : नेपालविरुद्ध बंगलादेश
अगस्ट २७ : बंगलादेशविरुद्ध नेपाल
अगस्ट २९ : भारतविरुद्ध नेपाल
अगस्ट ३१ : भुटानविरुद्ध नेपाल
प्रतिक्रिया 4