+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

२०८२ भदौ  १ गते १७:१६ २०८२ भदौ १ गते १७:१६
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस मनोनयन सार्वजनिक गरेको छ।
  • मनोनयनमा परेका खेलाडीहरूमा पूजा महतो, रेखा पौडेल, इभाना थापा, विजय सिन्जाली र हिमाल सुनारी छन्।
  • अवार्ड विजेता आईएमई खल्तीमार्फत हुने भोटिङ, सामाजिक सञ्जाल, प्रशिक्षक र खेल पत्रकारको मतबाट चयन गरिनेछ।

१ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । आइतबार मनोनयन सार्वजनिक गरिएको हो ।

यस वर्ष पिपल्स च्वाइसमा मनोनयनमा परेका खेलाडीहरूमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी रहेका छन्।

अवार्डको भोटिङका लागि आईतबारै मञ्चले खल्ती बाई आईएमईसँग सम्झैता पनि गरेको छ । मञ्चका अध्यक्ष निरन्जन अधिकारी र खल्ती बाई आईएमईका चिफ कमर्सियल अफिसर आशिष गाैतमले सम्झाैता पत्रमा हस्ताक्षर गरे ।

यस अवार्डको विजेता आईएमई खल्तीमार्फत हुने भोटिङ (५०%), सामाजिक सञ्जाल (२५%), राष्ट्रिय खेल प्रशिक्षक (१२.५%) र खेल पत्रकारको मत (१२.५%) को आधारमा चयन गरिनेछ।

विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्। यसअघि भलिबलकी कविता भट्टले सर्वाधिक मत ल्याएर पिपल्स च्वाइस अवार्ड जितेकी थिइन्।

यस संस्करणमा कुल १० विधामा अवार्ड वितरण गरिनेछ, जसमा वर्ष खेलाडी (पुरुष र महिला), युवा वर्ष खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन्।

पिपल्स च्वाइसबाहेक अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

यो वर्षको अवार्ड कार्यक्रम पहिलोपटक उपत्यकाबाहिर पोखरामा आगामी भदौ २९ गते आयोजना हुँदै छ।

मनोनयनमा परेका खेलाडीहरू :

विजय सिन्जाली (उसु)
-जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जित्न सफल ।
-साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा कांस्य जित्न सफल ।
-चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान र जियान्सु विधामा शिर्ष आठभित्र पर्न सफल । त्यसैका आधारमा थाउलु विश्वकपमा छनौट ।
-विगतमा १३ औं सागमा स्वर्ण र १२ औं सागमा रजत जित्न सफल खेलाडी ।

इभाना थापा (टेबलटेनिस)
-दक्षिण एसियाली टेबलटेनिसमा चार पदक (एकलमा तेस्रो, गर्ल्स डबल्समा दोस्रो, गर्ल्स टिममा दोस्रो, मिक्स डबल्समा तेस्रो)
-२७औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जित्न सफल ।
-ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु-१९ गर्ल्स स्वर्ण)
-पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ।

हिमाल सोनारी (भलिबल)
-नवौं एनभिएल लिगमा उपविजेता टोलीका महत्वपूर्ण सदस्य पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य ।
-तेस्रो टाइगर कप भलिबलमा च्याम्पियन गण्डकी प्रदेश टोलीका महत्वपूर्ण खेलाडी । प्रतियोगिताका बेस्ट सर्भर ।
-नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय खेलाडी ।
-सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका खेलाडी ।

पूजा महतो (क्रिकेट)
-आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन भएर यु-१९ विश्वकपमा खेल्ने टोलीकी कप्तान ।
-पहिलोपल्ट विश्वकप खेलेका नेपाली टोलीका लागि छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन दिन सफल शतक बनाउन सफल महिला खेलाडी ।
-नेपालले कुवेतलाई १६५ रनले हराउँदा ६९ बलमा १७ चौकासहित अविजित १३० रन प्रतियोगितामा सर्वाधिक २७२ रन बनाएर शीर्ष र बलिङमा १० विकेट लिएर दोस्रो स्थानमा रहने खेलाडी ।
-एसिसी महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा उत्कृष्ट प्रदर्शन ।
-नेपाली महिलाले आइसिसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको त्यो पहिलोपल्ट थियो ।
-सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन ।

रेखा पौडेल (फुटबल)
-एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी ।
-युएईको अबुधाबी कन्ट्री क्लवमा आबद्ध भई डेब्युमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्न सफल ।
-वैकल्पिक खेलाडीका रूपमा खेल्दै साउदी अरेबियाको अल नासरविरुद्धको १-० को जितमा निर्णायक गोल गर्न सफल ।
-साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता बन्न सफल ।
-माल्दिभ्सविरुद्ध ५ गोल, श्रीलंकाविरुद्ध २ गोल । साफमा ह्याट्रिक गर्ने दोस्रो महिला खेलाडी ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय