+

थाइल्याण्डकी पत्राथिप सान्त्रकोनले ललितपुर क्विन्सबाटै खेल्ने

२०८२ भदौ  १ गते १४:३८ २०८२ भदौ १ गते १४:३८
थाइल्याण्डकी पत्राथिप सान्त्रकोनले ललितपुर क्विन्सबाटै खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर क्विन्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिग दोस्रो संस्करणका लागि थाइल्याण्डकी पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ।
  • सान्त्रकूनले गत संस्करण उपविजेता बनाउन मुख्य भूमिका खेलेकी थिइन् र यसपटक उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्।
  • एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने छ।

१ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याण्डका पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ ।

पहिलो संस्करण ललितपुरबाटै खेलेकी उनले ललितपुर क्विसन्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी सान्त्रकूनको दोस्रो संस्करणको उपाधि जित्ने लक्ष्य रहेको बताइन् । ‘अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौं, त्यो चोट अझै ताजा नै छ । पहिलाको कमी कमजोरी सुधारी यो संस्करणको हामी उपाधि जित्ने प्रयत्न गर्ने छौं’ सान्त्रकूनले भनिन्, गत वर्ष नेपालमा मेरो पहिलो भ्रमण थियो, पहिलो भ्रमणमा नै मैले दर्शकको धेरै माया र साथ पाए । हामीले उपाधि जित्न नसक्दा दर्शकहरूले देखाउनु भएको माया प्रति अन्याय भएको महसुस भएको छ र यो पाली उहाँहरूको माया प्रति न्याय दिनेमा हाम्रो टोली विश्वस्त छ’ उनले थपिन् ।

आफूलाई विश्वास गरी फेरि पनि नेपाल बोलाएकोमा भएकोमा उनले ललितपुर क्विन्स परिवार प्रति आभार व्यक्त गरेकी छन् । पट्राथिप सान्त्रकूनलाई पुनः आबद्ध गर्न पाउँदा ललितपुर क्विन्स थप बलियो भएको क्लबले जनाएको छ ।

व्यस्त तालिकाको वावजुत पनि सान्त्रकृन दोस्रो संस्करण खेल्न आउन लागेको भन्दै ललितपुर क्विन्सले धन्यवाद व्यक्त गरेको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी लिबेरो सलिना श्रेष्ठ मार्की प्लेयर रहेको ललितपुर क्विन्सले दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिग यही भदौ २० देखि २८ सम्म हुने छ ।

क्विन्समा संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, लसिना बुढा मगर, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् ।

यस्तै क्विन्सले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई नै निरन्तरता दिने घोषणा गरिसकेको छ ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय