+

नेपालगन्जमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै

२०८२ भदौ  १८ गते १६:११ २०८२ भदौ १८ गते १६:११
नेपालगन्जमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँके जिल्ला फुटबल संघले आगामी शनिबारदेखि नेपालगन्ज रंगशालामा यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा बाँके जिल्लाका संस्थागत र सामुदायिक विद्यालयका खेलाडी सहभागी हुनेछन् र खेलाडीको जन्म मिति २०६८ पुस १७ गते वा सोभन्दा पछिको हुनुपर्नेछ।
  • अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

१८ भदौ, काठमाडौं । बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी शनिबार देखि यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता नेपालगन्ज रंगशालामा हुनेछ ।

विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताए।

उनले भने, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं।’

प्रतियोगितामा सहभागिताको लागि अध्यक्ष शाहीले बाँके जिल्ला सम्पुर्ण विद्यालयहरुलाई समेत अनुरोध गर्नु भएको छ ।

आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार सहभागी हुने विद्यालयको खेलाडीको जन्म मिति २०६८ पुस १७ गते वा सोभन्दा पछिको हुनुपर्नेछ ।

यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय