News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बाबेका क्रिकेटर सिकन्दर राजा पहिलोपटक आईसीसी पुरुष एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा पुगेका छन्।
- श्रीलंकाविरुद्धको दुई खेलको सिरिजमा राजा ९२ र नटआउट ५९ रन बनाउँदै एक विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
- बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराज शीर्ष स्थानमा पुगेका छन् भने अन्य खेलाडीहरूको वरीयता पनि बढेको छ।
१८ भदौ, काठमाडौं । जिम्बाबेका स्टार क्रिकेटर सिकन्दर राजा पहिलोपटक आईसीसी पुरुष एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा पुगेका छन्।
श्रीलंकाविरुद्ध हरारेमा भएको दुई खेलको सिरिजमा उनले राम्रो प्रदर्शन गरेपछि उनी वरीयतामा माथि उक्लिएका हुन् ।
उनले पहिलो खेलमा ९२ तथा दोस्रो खेलमा नटआउट ५९ रन बनाउँदै एक विकेट समेत लिएका थिए।
३९ वर्षीय राजा यसअघि डिसेम्बर २०२३ मा दोस्रो स्थानसम्म मात्रै पुगेका थिए। उनको हालको प्रदर्शनले ब्याटिङ र बलिङ दुवै वरीयता बढेको छ ।
यस सिरिजमा श्रीलंकाका पाथुम निसान्का सर्वाधिक १९८ रनसहित ‘प्लेयर अफ द सिरिज’ बने र १३औं स्थानमा उक्लिएका छन्। अन्य खेलाडीहरूमा श्रीलंकाका जनिथ लियानागे, जिम्बाब्वेका सीन विलियम्स, स्कटल्यान्डका जर्ज मन्सी, दक्षिण अफ्रिकाका टोनी डे जोरजी लगायतले पनि उन्नति गरेका छन्।
बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराज शीर्ष स्थानमा पुगेका छन्। श्रीलंकाका दिलशन मदुशंका र आसिथा फर्नान्डो, इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र दक्षिण अफ्रिकाका लुंगी एन्गिडीको पनि वरीयता बढेको छ ।
प्रतिक्रिया 4