News Summary
Generated by OK AI. Editorially reviewed.- वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा भव्य रूपमा अनावरण गरिएको छ।
- पोखरा निन्जाजले लिगको दोस्रो संस्करणअघि ट्रफी अनावरण गरेको छ।
- लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुनेछ र पोखरा निन्जाजले उपाधि जित्ने लक्ष्य राखेको छ।
१८ भदौ, पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी पाेखरामा भव्य रुपमा अनावरण गरिएको छ।
यही भदौ २० गते देखि सुरु हुने लिगको दोस्रो संस्करणअघि घरेलु टिम पोखरा निन्जाजले बुधबार पोखरामा उक्त ट्रफी अनावरण गरेको हो । लिगको ट्रफी विभिन्न शहरमा भ्रमण गराउँदै अन्तिममा पोखरा पुर्याइएको हो ।
पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाेखरा निन्जाजकी ब्रान्ड एम्बासडर सनिशा भट्टराईले संयुक्त रूपमा ट्रफीको अनावरण गरेका हुन्।
उक्त कार्यक्रममा प्रमुख अतिथि मेयर आचार्य पाेखरामा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे। खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउने समेत मेयरको भनाइ थियो ।
कार्यक्रममा पाेखरामा रहेका विभिन्न क्षेत्रका अतिथिहरूकाे सहभागिता रहेकाे थियाे।
ट्रफीलाई तालबाराही मन्दिरमा समेत लगिएको थियो । सेटर प्रगति नाथ मार्की प्लेअर रहेको पोखरा निन्जाजले लिगको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।
अघिल्लो संस्करण काठमाडौंमा भएको लिग यसपटक पोखरामा २० देखि २८ भदौसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4