News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिकेटर विराट कोहलीले बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर ज्यान जानेगरी भएको भागदौड घटनालाई आफ्नो जीवनकै सबैभन्दा पीडादायी क्षण भनेका छन्।
- आरसीबीले पीडित परिवारलाई २५–२५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र बेंगलुरुमा स्मारक निर्माण गर्ने घोषणा गरेको छ।
- न्यायिक आयोगले रंगशालालाई असुरक्षित घोषणा गरेको थियो।
१८ भदौ, काठमाडौं । बेंगलुरुको एम. चिन्नास्वामी रंगशालाबाहिर गत जुन ४ मा भएको भागदौडमा परी ११ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि क्रिकेटर विराट कोहलीले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले पहिलो पटक आईपीएल क्रिकेटको उपाधि जितेपछि घरेलु मैदानमा पुगेर उत्सव मनाउने क्रममा भागदौड भएको थियो ।
कोहलीले उक्त घटनालाई आफ्नो जीवनकै सबैभन्दा पीडादायी क्षण भनेका छन्। उनले भने, “जुन दिन हाम्रो टोलीको इतिहासमा खुसीको दिन हुनुपर्ने थियो, त्यही दिन ठूलो त्रासदीमा परिणत भयो। म पीडित परिवार र घाइते समर्थकहरूको लागि प्रार्थना गरिरहेछु। तपाईंहरूको क्षति अब हाम्रो कथाको हिस्सा बनेको छ, र हामी सम्मान र जिम्मेवारीसहित अघि बढ्नेछौं।’
आरसीबीले सामाजिक सञ्जालमा मौनता तोड्दै पीडित परिवारलाई २५–२५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। साथै, बेंगलुरुमा समर्थकहरूको सम्झनामा स्मारक निर्माण गर्ने र सुरक्षासम्बन्धी ६ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ।
न्यायिक आयोगको प्रतिवेदनमा आयोजकहरूले सार्वजनिक कार्यक्रमका लागि आवश्यक मानक कार्यविधि पालना नगरेको निष्कर्ष निकालिएको छ।
त्यसपछि चिन्नास्वामी रंगशालालाई ठूलो जमघटका लागि ‘असुरक्षित’ घोषित गरिएको थियो। फलस्वरूप महिला विश्वकप क्रिकेटका खेलहरू पनि सारिएको थियो ।
यस घटनाको जिम्मेवारी आरसीबी, कार्यक्रम व्यवस्थापक डीएनए इन्टरटेन्मेन्ट नेटवर्क्स र कर्नाटक क्रिकेट संघमाथि लगाइएको छ।
प्रतिक्रिया 4