News Summary
Generated by OK AI. Editorially reviewed.- ताजिकिस्तानको दुशान्बेमा सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दैछ।
- नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले भने पहिलो खेलदेखि नै ३ अंक जोड्ने लक्ष्य भएको बताए।
- नेपालले यसपछि सिरिया र फिलिपिन्ससँग खेल्ने तालिका छ।
१८ भदौ, काठमाडौं । ताजिकिस्तानमा आजदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग खेल्दै छ ।
ताजिकिस्तानको दुशान्बेस्थित पामिर स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने १० बजेदेखि सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘के’मा नेपालसँगै ताजिकिस्तान, फिलिपिन्स र सिरिया छन् । तुलनात्मक रूपमा तीनवटै टोली नेपालभन्दा बलिया छन् ।
नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जित निकाल्दै ३ अंक हासिल गर्ने लक्ष्य भएको बताएका छन् ।
‘हामी छनोट खेलका लागि तयार छौं’ उनले भने, ‘सबै टिमहरु कठिन छन् । तर हामी यहाँ हार्न आएका होइनौँ हामी जित्न आएका हौं । सुरुवात देखि नै ३ अंक जोड्न चाहन्छौँ । हामी खेल्न उत्साहित छौं ।’
राष्ट्रिय टिमका मिडफिल्डर आयुष घलानको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलेका कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठ पनि छन् ।
नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।
नेपालको खेल तालिका
भदौ १८ : नेपाल भर्सेस् ताजिकिस्तान (बेलुकी ९:४५ बजे)
भदौ २१ : नेपाल भर्सस् सिरिया (साँझ ६:४५ बजे)
भदौ २४ : नेपाल भर्सेस् फिलिपिन्स (साँझ ६:४५ बजे)
नेपाली टोली :
गोलकिपर : कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेण्डर : विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडपिल्डर : अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड : रोहन खड्गी, निराजन धामी
प्रतिक्रिया 4