+

पूर्णिमाको ह्याट्रिक, संकटा महिला लिगमा छनोट

२०८२ भदौ  १७ गते २२:२५ २०८२ भदौ १७ गते २२:२५
पूर्णिमाको ह्याट्रिक, संकटा महिला लिगमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संकटा कलबले पूर्णिमा राईको ह्याट्रिक मद्दतमा एनबिएम पोखरा गर्ल्सलाई ६-१ ले पराजित गरी एन्फा महिला लिग छनोटमा स्थान बनाएको छ।
  • संकटा पाँच खेलबाट १५ अंकसहित समूह बी मा शीर्ष स्थानमा रहेर महिला लिगको अन्तिम चरणका लागि छनोट भएको पहिलो टिम बनेको छ।
  • समूह ए मा चर्च ब्वाइज युनाइटेडले राप्तीसँगको खेल जिते महिला लिग छनोट हुने सम्भावना कायम गरेको छ।

१७ भदौ, काठमाडौं । पूर्णिमा राईको ह्याट्रिक मद्दतमा संकटा कलबले एन्फा महिला लिग छनोटमा एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

लगातार पाँच खेल जितेको संकटा एक खेल अगावै एन्फा महिला लिगका लागि छनोट समेत भएको छ ।

समूह बी मा अपराजित रहेको संकटा ५ खेलबाट १५ अंक सहित शीर्ष स्थानमा छ र महिला लिगको अन्तिम चरणका लागि छनोट हुने पहिलो टिम समेत बनेको छ ।

ललितपुरको च्यासल स्टेडियममा भएको खेलमा संकटाका लागि पूर्णिमाले ३१औं, ४२औं र ५५औं मिनेटमा गोल गरिन् । यस्तै सेनु परियारले पाँचौ र ६०औं मिनेटमा गोल गरिन् ।

एनबीएम गर्ल्सकी रोशनी तामाङ एक आत्मघाती गोल उपहार दिइन् । यस्तै एनबीएमका लागि विपना गुरुङले एक गोल गरिन् ।

संकटाले अब आफ्नो अन्तिम खेलमा एनआरटीसँग खेल्नेछ । एनआरटी ४ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ र महिला लिगमा छनोट हुने सम्भावना धेरै छ । एनआरटीले बुधबार बुटवल लुम्बिनी एफसीसँग खेल्दैछ ।

महिला लिग छनोटका सहभागि १४ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ । जसमा समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई-दुई टोलीले सिधै एन्फा महिला लिगमा स्थान बनाउनेछन् । यस्तै दुवै समूहको तेस्रो स्थानमा रहने टोलीबीच महिला लिगमा छनोट हनुका लागि प्लेअफ खेल हुनेछ ।

मंगलबारै भएको समूह ए को खेलमा छहारी युवा क्लबले सिन्धुपाल्चोक एफसीलाई १-० ले पराजित गरेको छ । छहारीका लागि सिमा रावलले निर्णायक गोल गरिन् । पाँच खेलबाट १० अंक जोडेर चौथो स्थानमा रहेको छहारीले शीर्ष दुईमा रहेर महिला लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । समूह ए मा चर्च ब्वाइज युनाइटेड चार खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ । ५ खेल खेलिसकेको आरएस रिसोर्ट एण्ड बीच फुटबल क्लब समान १२ अंक भएपनि दोस्रो स्थानमा छ । यस्तै ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

अब बुधबार चर्च ब्वाइजले राप्तीसँग खेल्नेछ । राप्तीलाई पराजित गरेमा चर्च ब्वाइज एक खेल अघि नै महिला लिगमा छनोट हुनेछ । राप्तीका लागि भने छनोटको सम्भावना कायम राख्न चर्च ब्वाइजलाई हराउनुपर्नेछ । चर्च ब्वाइजले अन्तिम खेलमा छहारी क्लबसँग खेल्नेछ ।

एन्फा महिला लिग छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय