+

आईसीसी टी-२०आई वरीयता : नाबी दोस्रोमा उक्लँदा दीपेन्द्र तेस्रोमा झरे

२०८२ भदौ  १८ गते १४:१६ २०८२ भदौ १८ गते १४:१६
आईसीसी टी-२०आई वरीयता : नाबी दोस्रोमा उक्लँदा दीपेन्द्र तेस्रोमा झरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले बुधबार सार्वजनिक गरेको टी-२०आई अलराउण्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा खस्किएका छन्।
  • अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र दोस्रोबाट तेस्रोमा झरेका हुन्।
  • नेपालले सेप्टेम्बरको अन्त्यमा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ।

१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि तेस्रो स्थानमा खस्किएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र तेस्रोमा छन् । यसअघि तेस्रो स्थानमा रहेका अफगानिस्तानका अलराउण्डर मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिएपछि दीपेन्द्र दोस्रोबाट तेस्रोमा झरेका हुन् ।

नेपाली टोलीले करिब ३ महिनादेखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा हुने अन्य टोलीका खेलाडीहरूको प्रदर्शनले पनि अन्यको स्थानमा फेरबदल ल्याउने गर्छ ।

अफगानिस्तानले हाल यूएईमा पाकिस्तान र यूएईसँग त्रिकोणात्मक शृंखला खेलिरहेको छ । त्यहाँ नाबीले गरिरहेको प्रदर्शनबाट उनको वरियता बढेको हो ।

नाबीको २३१ रेटिङ छ भने दीपेन्द्रको २०९ रेटिङ छ ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा हार्दिक पान्ड्या यथावत् छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् ।

नेपालले सेप्टेम्बरको अन्तिममा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दैछ ।

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय