+

काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन

२०८२ जेठ  ७ गते २२:४३ २०८२ जेठ ७ गते २२:४३
काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला टेबल टेनिस संघले निर्वाचन प्रक्रिया पूरा नभएकोले तदर्थ समिति गठन गर्यो।
  • सहसंयोजकमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन छन्, सदस्यहरूमा अन्य व्यक्तिहरू छन्।
  • संघले टेबल टेनिसको विकास र विस्तारका लागि समिति गठन गरेको हो।

७ जेठ, काठमाडौं। सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।

काठमाडौं जिल्ला अखिल नेपाल टेबल टेनिस संघको मान्यता प्राप्त जिल्ला हो। तर, संघले निर्वाचन गर्न पटक पटक पत्राचार गर्दा समेत गरेपछि तदर्थ समिति गठन गरिएको हो।

केसी काठमाडौं जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन्। उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए। त्यसअघिका दुई कार्यकाल सदस्य थिए।

काठमाडौंमा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष वृजेन्दबहादुर हमालले जनाकारी दिए।

समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन्। प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन सदस्य छन्।

काठमाडौं जिल्ला टेबल टेनिस संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय