+

इबोला प्रकोपको कारण रोकियो कंगोको विश्वकप प्रशिक्षण

२०८३ जेठ  ७ गते १७:१० २०८३ जेठ ७ गते १७:१०
इबोला प्रकोपको कारण रोकियो कंगोको विश्वकप प्रशिक्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इबोलाको प्रकोपका कारण कंगो फुटबल टोलीले तीन दिने विश्वकप तयारी प्रशिक्षण शिविर रद्द गरेको छ।
  • कंगोले बेल्जियम, स्पेन र चिलीमा हुने विश्वकप अभ्यास खेलहरू खेल्ने तालिका बनाएको छ।
  • फिफाले टोलीलाई सबै चिकित्सा र सुरक्षा निर्देशनहरू पालना गराउन डीआरसी फुटबल संघसँग समन्वय गरिरहेको जनाएको छ।

७ जेठ, काठमाडौं । इबोलाको प्रकोप फैलिएपछि कंगो फुटबल टोलीले तीन दिने विश्वकप तयारी प्रशिक्षण शिविर रद्द गरेको छ ।

कंगोले जुन ३ मा बेल्जियमको लिजमा डेनमार्क र जुन ९ मा दक्षिणी स्पेनमा चिलीसँग विश्वकप अभ्यास खेल खेल्ने तालिका छ ।

कंगोको तयारी जनतालाई बिदाई गर्न किन्शासामा, बेल्जियम र स्पेन, स्पेनको लिज र चिलीमा डेनमार्कविरुद्ध दुई मैत्रीपूर्ण खेलहरू र जुन ११ मा संयुक्त राज्य अमेरिकाको ह्युस्टनमा गरी ३ चरणमा थियो ।

त्यसमध्ये तीन दिने विश्वकप तयारी प्रशिक्षण शिविर र राजधानी किन्शासामा प्रशंसकहरूलाई सार्वजनिक रूपमा बिदाइ स्थगित भएको हो ।

फुटबलको नियामक निकाय फिफाले एक विज्ञप्ति जारी गर्दै इबोला प्रकोप सम्बन्धी अवस्थाबारे आफू जानकार रहेको र त्यसलाई निगरानी गरिरहेको तथा टोलीलाई सबै चिकित्सा र सुरक्षा सम्बन्धी निर्देशनहरू पालना गराउन डीआरसी फुटबल संघसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कंगो फुटबल टोली फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय