+

यी हुन् फिफा विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडीहरू

२०८३ जेठ  ७ गते १६:२६ २०८३ जेठ ७ गते १६:२६
यी हुन् फिफा विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडीहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिने छ ।
  • गोल्डेन बुट अवार्ड सन् १९८२ देखि प्रदान गर्न सुरु भएको हो ।
  • सन् २०२२ को विश्वकपमा किलियन एमबाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए र अहिलेसम्म कुनै खेलाडीले दोहोर्‍याएर जित्न सकेका छैनन् ।

७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ नजिक आइरहँदा अहिले विश्वकप उपाधि कसले जित्ला भनेर चासो भएजस्तै कुन खेलाडीले धेरै गोल गर्ला ? कुन खेलाडी चम्किएला भन्ने पनि चासोको विषय बनिरहेको छ ।

अनि विश्वकपमा फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई अवार्डस्वरुप ‘गोल्डेन बुट’ प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेको स्थितिमा त्यसमध्ये पनि थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् । यस्तै धेरै गोल गर्नेमा दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् ।

फिफा विश्वकप सन् १९३० देखि हुन थालेपनि सुरुमा गोल्डेन बुट अवार्ड दिने चलन थिएन । तर सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको हो । त्यसअघि विश्वकपको सर्वाधिक गोलकर्तालाई छुट्टै आधिकारिक अवार्डको व्यवस्था भने थिएन ।

सन् १९९२ मा पहिलो पटक गोल गोल्डेन बुट अवार्ड प्रदान गर्दा इटलीका पाओलो रोसीले यो अवार्ड जितेका थिए । उनले त्यो विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

त्यसयता हरेक संस्करणमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिएको छ । सन् १९८२ देखि एडिडास गोल्डेन शु को नाम प्रदान गर्न थालिएको अवार्ड एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो ।

पछिल्लो पटक सन् २०२२ मा कतारमा भएको २२औं विश्वकपमा फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । अहिलेसम्म कुनै पनि खेलाडीले दोहोर्‍याएर यो अवार्ड जित्न सकेका छैनन् ।

जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा हुने विश्वकपको गोल्डेन बुट अवार्ड कसले जित्ला त्यसका लागि जुलाई १९ सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

यी हुन् अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडी

१९८२ पाओलो रोसी (इटाली)– ६ गोल

१९८६ ग्यारी लिनेकर (इंग्ल्याण्ड)– ६ गोल

१९९० साल्भाडोर सिलाची (इटाली)– ६ गोल

१९९४ ओलेग सालेन्को (रुस)– ६ गोल

१९९८ डेभोर सुकर (क्रोएसिया) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया)– ६ गोल

२००२ रोनाल्डो (ब्राजिल)– ८ गोल

२००६ मिरोस्लाभ क्लोज (जर्मनी)– ५ गोल

२०१० थोमस मुलर (जर्मनी)– ५ गोल

२०१४ जेम्स रोड्रिगेज (कोलोम्बिया)– ६ गोल

२०१८ ह्यारी केन (इंग्ल्याण्ड)– ६ गोल

सर्वाधिक गोल गर्ने अन्य संस्करणका खेलाडीहरू

१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना)– ८ गोल

१९३४ ओल्ड्रिच नेजेडली (चेकोस्लोभाकिय)– ५ गोल

१९३८ लिओनिडास (ब्राजिल)– ७ गोल

१९५० एडेमिर (ब्राजिल)– ८ गोल

१९५४ सान्डोर कोसिस (हंगेरी)– ११ गोल

१९५८ जस्ट फोन्टेन (फ्रान्स)– १३ गोल

१९६२ प्लोरिन अल्बर्ट (हंगेरी), भालेन्टिन इभानोभ (रुस), गारिन्चा र भाभा (ब्राजिल), ड्राजन जेर्कोभिच (युगोस्लाभिया), लिओनेल सान्चेज(चिली)– ४ गोल

१९६६ युसेबियो (पोर्चुगल)– ९ गोल

१९७० गर्ड मुलर (पश्चिम जर्मनी)– १० गोल

१९७४ ग्रेगोर्ज लाटो (पोल्याण्ड)– ७ गोल

१९७८ मारियो केम्पस (अर्जेन्टिना)– ६ गोल

गोल्डेन बुट फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय