+

खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौं : मन्त्री पोखरेल

२०८३ जेठ  ७ गते १४:३६ २०८३ जेठ ७ गते १४:३६
खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौं : मन्त्री पोखरेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई जति गर्नुपर्नेको त्यति गर्न नसकेको स्वीकार गर्नुभयो।
  • मन्त्री पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत जाने टोलीलाई जति सम्मान दिनुपर्ने हो, त्यति दिन नसकेको उल्लेख गर्नुभयो।
  • सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी बढाउनेतर्फ प्रयत्नशील रहेको मन्त्री पोखरेलले बताउनुभयो।

७ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई जति गर्नुपर्नेको त्यति गर्न नसकेको स्वीकार गरेका छन् ।

साफ महिला च्याम्पियनसिप खेल्न भारत जाने नेपाली टोलीलाई बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरुलाई जति सम्मान गर्नुपर्ने हो, त्यति नसकेको उल्लेख गरे ।

‘हामीले जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौं खेलकुदको क्षेत्रलाई । खेलाडीहरुलाई जति सम्मान दिनुपर्ने हो । त्यति सम्मान दिन सकेका छैनौं’ उनले भने ।

खेलकुद क्षेत्रको विकासमा लगानी बढाउनेतर्फ सरकार प्रयत्नशील रहेको मन्त्री पोखरेलले जिकीर गरे । उनले भने, ‘हाम्रो जति सीमित छ, स्रोत र साधन । त्यसको पनि प्रयोग गरेर खेलकुद क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ ? खेलाडीलाई कसरी सम्मान गर्न सकिन्छ । त्यसलाई हाम्रोतर्फबाट बढाउने प्रयत्न गर्नेछौं ।’

खेलकुदमन्त्री सस्मित पोखरेल नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय