News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) यू–१६ प्रतियोगिता आगामी २३ जेठदेखि सुरु हुने भएको छ ।
- प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् र डबल राउन्ड रोबिन प्रणालीमा शीर्ष दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
- विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
६ जेठ, काठमाडौं । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) यू–१६ आगामी जुन ६ देखि ललितपुरको धापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरमा सुरु हुने भएको छ ।
स्कुलस्तरको यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा जेम्स स्कुल, डीएभी स्कुल, काञ्जिरोवा स्कुल, लिटल एन्जल्स स्कुल, रातो बंगला स्कुल, एक्सेल्सियर स्कुल, सेन्ट जेभियर्स स्कुल र पाठशाला नेपाल फाउन्डेसन रहेका छन् ।
प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ, जसमा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक र फेयर प्ले अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
१६ वर्षमुनिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने यस प्रतियोगितालाई स्कुलस्तरकै ठूलो फुटबल प्रतियोगिताका रूपमा लिइएको छ ।
प्रतियोगिताले युवा खेलाडीको प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकले विश्वास लिएको छ ।

प्रतिक्रिया 4