News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भारतमा सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला टोलीको बिदाई गरेका छन्।
- नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो खेल मे २५ मा भुटानसँग र दोस्रो खेल मे ३१ मा श्रीलंकासँग खेल्नेछ।
- छ टोली सहभागी साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ए मा छ र फाइनल खेल जुन ६ मा हुनेछ।
७ जेठ, काठमाडौं । भारतमा यही मे २५ (जेठ ११ गते) देखि सुरु हुने साफ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाई गरिएको छ ।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ खेल्ने नेपाली टोलीको बिदाई गरेका हुन् ।
मन्त्री पोखरेलले नेपाली टोलीले प्रतियोगिता जितेर आउने विश्वास व्यक्त गरे ।
बिदाई कार्यक्रममा मन्त्रीको सल्लाहकारद्वय सिद्धि व्यन्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष प्रकज विक्रम नेम्वाङ लगायतको उपस्थिती थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल श्रीलंकासँग मे ३१ मा खेल्नेछ ।

६ टोली सहभागी च्याम्पियनसिपको समूह ए मा नेपाल, श्रीलंका र भुटान तथा समूह बी मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल जुन ६ मा हुनेछ ।
च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ ।
२३ सदस्यीय नेपाली टोली
गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेण्डरः पूजा राना, गीता राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी
मिडफिल्डरः रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी
फरवार्डः रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा
तस्बीर: एन्फा
प्रतिक्रिया 4