News Summary
Generated by OK AI. Editorially reviewed.- थापाथली चेस पार्कले रुसमा भएको प्रथम बौद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा खेलाडी छनोट प्रक्रियामा अपारदर्शिता भएकोमा ध्यानाकर्षण गरेको छ।
- नेशनल च्याम्पियन रुपेस जैसवाललाई अन्तिम समयमा बेवास्ता गरिएपछि उनले असन्तुष्टी व्यक्त गरेका छन्।
- क्लबले नेपाल बुद्धिचाल महासंघको गलत परम्पराको विरुद्धमा सबै चेसकर्मीलाई संगठित हुन आग्रह गरेको छ।
५ असोज, काठमाडौं । रुसमा भइहरेको प्रथम बौद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगितामामा नेपाली खेलाडी सहभागिताबारे उठेको विवादबारे थापाथली चेस पार्कले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
पार्कका अध्यक्ष सानुराज बज्राचार्यले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । ‘संघले सुरुमा दुई खेलाडी चयन गरी अन्तिम समयमा राष्ट्रिय च्याम्पियन समेत रहेका रुपेस जैसवाललाई बेवास्ता गरिएको कुरामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो ।’ विज्ञप्तीमा भनिएको छ ।
प्रतियोगितामा नेपालबाट पुरुषोत्तम सिलवाल, सिन्दिरा जोशी र एमेच्योर शैलेन्द्र न्यौपाने सहभागि छन् ।
प्रतियोगितामा सहभागी खेलाडीकाबारे क्लबको कुनै गुनासो नरहे पनि खेलाडी छनोट प्रक्रियाका बारे गम्भिर आपत्ति रहेको थापाथली चेस पार्क क्लबले जनाएको छ । ‘नेपाल बुद्धिचाल महासंघको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट प्रक्रिया नहुन्, अपारदर्शी हुनु तथा अन्तिम समयमा नेतृत्वका केही व्यक्तिले आफू अनुकूल व्याख्या गर्दै सहभागी गराउने परम्परा नेपाली बुद्धिचालमा विगत देखि नै चलेको तथा यस शैलीले धेरै खेलाडी तथा चेसकर्मी मर्कामा परेको विगत हाम्रो सामु छिपेको छैन ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खेलाडी छनोटको आधार, आफू खुशी खेलाडी छनोट गरेर लैजाने अनी सहभागि जनाउनुपर्ने खेलाडीलाई वास्ता नगरिएको भन्दै नेसनल च्याम्पियन रुपेश जयसवाल, हिमालयन चेस एकेडेमीले असन्तुष्टी जनाइसकेको छ ।
च्याम्पियनसिपमा सुरुमा सहभागी गराइने प्रतिबद्धता जनाएर पनि अन्तिम समयमा आफूलाई सहभागि नगराएको भन्दै नेसनल च्याम्पियन रुपेशले असन्तुष्टी व्यक्त गरिसकेका छन् ।
थापाथली चेस पार्क क्लबका सदस्य समेत रहेका राष्ट्रिय च्याम्पियन रुपेस जैसवालले उठाएको मुद्दामा क्लबले एकबद्धता जनाउँदै नेपालका सम्पूर्ण चेसकर्मीलाई बुद्धिचाल महासंघको गलत परम्पराको विरुद्धमा संगठित हुन आग्रह समेत गरेको छ ।
यस्तै २००० रेटिङ मुनीको एमच्योरको कोटामा राष्ट्रिय एमच्योर च्याम्पियन पुरुषोत्तम चौलागाई तथा राष्ट्रिय च्याम्पियनसिपमा शीर्ष ५ मा रहेका आशिष फुयाँल दुवैलाई बेवास्ता गरिएको भन्दै क्लबले गम्भिर आपत्ती भएको जनाएको छ ।
नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जन स्वयं नेपाली टिमको नेतृत्व गर्दै रुस पुगेका छन् ।
प्रतिक्रिया 4