News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका भूपेन्द्र गुरुङले अमेरिकाको बोस्टनमा सम्पन्न विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत पदक जितेका छन्।
- भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ र छाङ छ्वानमा ९.०३३ अंकसहित स्वर्ण पदक जितेका हुन्।
- उनीले ताइची छ्वान सर्ट वेपनमा ९.२ अंकसहित रजत पदक जितेका छन् र उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितिसकेका छन्।
१० कात्तिक, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा सम्पन्न विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै तीन पदक जितेका छन् ।
अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् ।
वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण जिते । उनले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ अंक र छाङ छ्वानमा ९.०३३ अंक जोड्दै स्वर्ण जितेका हुन् ।
यस्तै ताइची छ्वान सर्ट वेपनमा रजत जितेका भूपेन्द्रले ९.२ अंक सहित रजत जिते । तीनै स्पर्धाको पूर्णाङ्क १० थियो ।
यसअघि भुपेन्द्रले अमेरिकाको विभिन्न शहरमा भएका तीन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै ३ स्वर्ण र ३ रजत पदक जितेका थिए । यस्तै उनले जर्मनी, युके र थाइल्यान्डमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेका छन् ।
उमा कुङफु संघका उपाध्यक्ष समेत रहेका भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

भुपेन्द्रले राष्ट्रका लागि पदक दिलाउन पाउँदा अत्यन्त खुशी व्यक्त गर्दै प्रतियोगितामा सहभागी हुन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।
विशेषगरी टिम व्यवस्थापकको जिम्मेवारी सम्हालेका समाजसेवी तथा कलाकार प्रेम गुरुङ, साथै लमजुङ सेवा समाज, न्युयोर्कका अध्यक्ष गम गुरुङ र सम्पूर्ण सहयोगीहरू प्रति उनले आभार व्यक्त गरे ।
प्रतिक्रिया 4