News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सम्बत् ११४६ अवसरमा न्हूदँ मूल समारोह समितिले चौंथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ।
- प्रतियोगितामा नेपाल, भारत र अस्ट्रेलियाका ७८ जना खेलाडी सहभागी भएका छन् र अस्ट्रेलियाका ग्रान्ड मास्टर स्मेरडोन डेभिड सीले ५.५ अंकसहित पहिलो स्थान हासिल गरेका छन्।
- प्रतियोगितामा विजेताले १० हजार, उपविजेताले ७ हजार र महिला तर्फ प्रथमले ५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।
२ कार्तिक, ललितपुर। नेपाल सम्बत् ११४६ अवसर पारेर न्हूदँ मूल समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः यल र ललितपुर स्पोर्ट्स क्लबको संयोजनमा चौंथो फिडे खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता पहिलो दिन ६ चरणको खेल सञ्चालन भएको छ।
नेपाल, भारत र अस्ट्रेलियाका गरि ७८ जना खेलाडीहरु सहभागी भएको प्रतियोगितामा अस्ट्रेलियाका २५४१ रेटेड ग्रान्ड मास्टर स्मेरडोन डेभिड सीले एकल ५ .५ अंक जोडेर पहिलो स्थानमा रहन सफल भएका छन्।
भर्खर मात्रै काजकिस्तानको अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागी भएर फर्केका युवा पुरुषोत्तम सिलवाल ५ अंक बनाउँदै दोस्रो स्थानमा उभिएका छन्।
सिएम सिलवालसँगै नेपालका निकेन कुसाथाले पाँचौं चरणमा जिएमसँग र छैठौं चरणमा ललितपुरका सुरज महर्जनसँग बराबरी गर्दै आफुले अंक ५ जोडेका छन्।
समान ५ अंक जोडेर ललितपुरका अशोक मोहन श्रेष्ठ, दोलखाका सुमन मोक्तान र भक्तपुरका प्रेम खड्का पनि संयुक्त दोस्रो स्थानमा उभिएका छन्।
प्रतिस्पर्धामा भक्तपुरका सुभनदीप थापा, मध्यपुर ठिमीका श्यामसुन्दर श्रेष्ठ र ललितपुरका सुरज महर्जन समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्।
यसैगरी ललितपुरका राजु ताम्राकार, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, एसियम क्रिजन महर्जन लगायत १४ जना खेलाडीहरूले संयुक्त चौथो स्थानमा पहिलो दिन अन्त्य गरेका छन् ।
हरेक वर्ष निरन्तर आयोजना हुँदै आइरहेको नेपाल भाषा खल यल फिडे र्यापिड रेटिङ प्रतियोगितामा विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीय ले ५ हजार लगायत दशौं स्थान, महिला तर्फ प्रथम द्वितीय तृतीय ले क्रमशः ५ हजार ४ हजार, ३ हजार र ललितपुर प्रथम द्वितीय हुनेले कूल नगद ६० हजार पुरस्कार प्राप्त गर्ने छन्।
प्रतिक्रिया 4