+

एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली टेबलटेनिस खेलाडी सम्मानित

२०८२ असोज  २७ गते १७:४४ २०८२ असोज २७ गते १७:४४
एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली टेबलटेनिस खेलाडी सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ।
  • सम्मानित टोलीमा खेलाडी आर्यन शाही, प्राज्ना महर्जन, सुरम्या शाक्य, प्रशिक्षक राकेश महर्जन र व्यवस्थापक ज्याकी महर्जन रहेका छन्।
  • नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ सम्म थाइल्यान्डमा हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन जाने छ।

२७ असोज, काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म अष्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहित ५ जना सम्मानित भएका हुन् ।

सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षकमा राकेश महर्जन तथा टोली व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन रहेका छन् ।

उनीहरुलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, एनआरएनए वेस्टर्न अष्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवालले एक कार्यक्रमबीच सम्मान गरे ।

नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन थाइल्यान्ड जाने छ ।

नेपाली टेबलटेनिस खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय