News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ आइटी सूत्रको ब्रान्ड एम्बासडर बने।
- कम्पनीले किरणको अनुशासन र अन्तर्राष्ट्रिय छविलाई मूल्यांकन गर्दै विभिन्न अभियानमा सक्रिय बनाउनेछ।
- कम्पनीले विश्वभर १२०० भन्दा बढी नेपाली प्राविधिकलाई रोजगारी र सेवाहरू प्रदान गरिरहेको छ।
१६ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ अमेरिकी प्रविधि कम्पनी आइटी सूत्रको आधिकारिक ब्रान्ड एम्बासडर बनेका छन्। यो सम्झौता ३० लाख रुपैयाँ बराबरको छ।
टेक्सासमा मुख्यालय रहेको कम्पनीले पछिल्लो ११ वर्षदेखि विश्वभर प्रविधिका समाधानलगायतका सेवाहरू दिँदै आएको । कम्पनीले माइक्रोसफ्ट पावर प्लेटफर्म, क्लाउड टेक्नोलोजी र क्यूए अटोमेसन जस्ता क्षेत्रमा काम गर्छ।
कम्पनीका सीईओ पंकज श्रेष्ठले किरणको अनुशासन, समर्पण र अन्तर्राष्ट्रिय छवि कम्पनीको मूल्यमान्यतासँग मेल खाने उल्लेख गर्दै उनी अब कम्पनीका विभिन्न ब्रान्ड अभियान, युवा लक्षित तालिम र सामाजिक परियोजनाहरूमा सक्रिय हुने बताए ।
कम्पनीले अमेरिका लगायतका देशहरूमा १२०० भन्दा बढी नेपाली प्राविधिकहरूलाई रोजगारी दिँदै आएको छ र २०० भन्दा बढी कम्पनीलाई सेवा प्रदान गरिसकेको छ।
यो साझेदारीले प्रविधिमा रुचि राख्ने नेपाली युवालाई थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4