१९ वैशाख, काठमाडौं । काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बनेका हुन् ।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४६–५० केजीमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुझपकुमार यादव र ६३–६८ केजीमा आशिष भुजेलले स्वर्ण जिते ।
गोल्फुटारमा भएको प्रतियोगिताको महिला ४०–४३ केजीमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजीमा मनीषा तामाङ पहिलो भए ।
प्रतियोगितामा पुरुष/महिलामा समान ५–५ गरी १० स्पर्धामा २ सय १० खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौराले जनाएका छन् ।
प्रतिक्रिया 4