+

विश्व बुदो मार्शल आर्ट्स च्याम्पियनसिप खेल्न नेपाली टोली अजरबैजान जाँदै

२०८२ साउन  ७ गते १७:४७ २०८२ साउन ७ गते १७:४७
विश्व बुदो मार्शल आर्ट्स च्याम्पियनसिप खेल्न नेपाली टोली अजरबैजान जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली अजरबैजानको बाकु जाने भएको छ।
  • प्रतियोगिता साउन ८ देखि १२ गतेसम्म हुने छ।
  • ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

७ साउन, काठमाडौं । विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।

साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्ने छन् । महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बविता कार्कीले खेल्ने छन् ।

प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र जगतसिंह धामीले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

बुदो मार्सल आर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय